आज थप १२ जनामा कोरोना संक्रमण

सारांश :

covid, corona, coronavirus-4948866.jpg

नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ७ सय २८ पिसिआर परिक्षणका क्रममा ११ जना र १ हजार ६ सय २१ एन्टीजेन परिक्षण गर्दा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शुक्रबार पनि कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ८९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार ९ सय ३६ जना निको भएका छन् । हाल नेपालमा ६ सय ६९ सक्रिय संक्रमित आइशोलेशनमा छन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!