समाचार

१० वर्षीय बालकको शव छिमेकीको घरको सेफ्टी ट्याङ्कीमा फेला

By अर्जुन भट्टराई

बालकको शव छिमेकीको घरको सेफ्टी ट्याङ्कीमा फेला

सर्लाहीमा पाँच दिन देखि हराएका एक १० पाँच वर्षीय बालकको शव छिमेकीको घरको सेफ्टी ट्याङ्कीमा फेला परेको छ। मलंगवा नगरपालिका-१२ मा बसोबास गर्ने १० वर्षीय मिठू ठाकुरको हत्या भएको हो। भोज खाना गएको बालक हराएको भनेर प्रहरीलाई खबर आएपछि खोजतलास गर्दा सोही बालकको विदेशमा बस्ने मामालाई १५ लाख रुपियाँको माग पनि गरिएको जानकारी आएको छ।

प्रहरीको अनुस्धान र सोधपुछबाट छिमेकीले आफ्नै घरमा लगेर हत्या गरेको पाइएको छ। यसमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ भने एकजना अझै फरार भएको खबर आएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.