र्आपूर्ति व्यवस्थाको समस्यालाई गम्भीर भएर समधान गर्छु : मन्त्री दीलेन्द्रप्रसाद बडू

सारांश :

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले चूनौतिपूर्ण रहेको आपूर्ति व्यवस्थाको समस्यालाई गम्भीर भएर समधान गर्ने बताएका छन् ।

बिहीबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री बडूले खाधान्न देखि पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्यालाई समाधान गर्ने बताएका हुन् । यसका लाग अल्पकालिन र दिर्घकालिन योजना बनाएर समाधानको प्रयास खोजिने र सरोकारवालासंग छलफल गरिने उनले बताए । उनले थप मूल्यबृद्धिको भार जनतालाई नपार्ने गरि देखिएका समस्याको समाधान खोजिने उल्लेख गरे ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले मन्त्री बडूलाई नयाँ जिम्मेवारी दिएका हुन् । यसअघि उनले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
2
>
Share This

Share This

Share this post with your friends!