भारतको मुम्बईमा कोरोना भाइरसको ओमिक्रोन एक्सई भेरियन्ट फेला परेको छ । भारतमा ओमिक्रोन एक्सईको पहिलो सङ्क्रमित भेटिएको हिजो पुष्टि भएको हो ।
नयाँ भेरियन्ट एक्सई पहिलो पटक बेलायतमा देखिएको थियो । यो भेरियन्ट ओमिक्रोनभन्दा बढी सर्नसक्ने क्षमता रहेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ ।
ओमिक्रोन बीए–टू प्रजातिभन्दा नयाँ भेरियन्ट एक्सई १० प्रतिशत बढी सर्नसक्ने डब्ल्यूएचओको भनाइ छ । ओमिक्रोन एक्सई भेरियन्ट पुष्टि भएका भारतीय नागरिकको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सङ्क्रमित महिला रहेको र उनी फेब्रुअरी १० मा दक्षिण अफ्रिकाबाट मुम्बई आइपुगेको स्वास्थ्य अधिकारीलाई उदृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सम्बन्धित समाचारहरु:
राष्ट्रियसभा सदस्य नारायणप्रसाद दाहालद्वारा पद तथा गोपनियताको सपथ
संकटको भूमरीमा नेपाली फुटबल
मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने ७५० चालक कारबाहीमा
मुगु हिमपहिरो अपडेट : ३ जनाको घटनास्थलमै मृत्यु
आजकाे माैसम : मेघगर्जनसहित वर्षाको सम्भावना
शैक्षिक प्रमाणपत्र नक्कली पेश, शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा दायर