नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणमा समन्वय र सहकार्य आवश्यक : स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा

सारांश :

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणमा बहुपक्षिय समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।

बिहीबार मन्त्रालयमा आयोजित नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना सार्वजनिक कार्यक्रममा मन्त्री खतिवडाले नसर्ने रोगबाट उत्पन्न परिस्थितिलाई सम्बोधन गर्नका लागि बहुपक्षीय समन्वय तथा सहकार्य आवश्यक रहेको धारणा राखेका छन् ।

मन्त्री खतिवडाले राज्यका सबै नीतिको मूल प्रवाहमा नसर्ने रोगका विषयलाई सापेक्ष बनाई स्थानीयस्तरसम्म प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको धारणा पनि राख्नुभयो । उनले यससम्बन्धी कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गरेर सबै नागरिकलाई स्वास्थ्य बनाइने जिकिर गरेका छन् ।

नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि पाँचवर्षीय (२०७८–८२) योजना ल्याइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!