समाचार

काठमाडौं महानगरको आतंक बन्द नभए कडा आन्दोलनमा जान्छौ -नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठन

By अर्जुन भट्टराई

रत्नपार्क

काठमाडौँ -नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनले सहरी सेवा केन्द्र रत्नपार्कमा रहेका स्वरोजगार श्रमिकहरुमाथि ज्यादती गरेको गुनासो गरेका छन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संगठनले काठमाडौं महानगरको आतंक बन्द नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । कार्यक्रममा बोल्दै संगठनका अध्यक्ष कुमार सापकोटले आँफैले रोजगारी सिर्जना गरेर सटर तथा सडक व्यापार गरेका श्रमिकहरुलाई राज्यले पटक–पटक धरपकड गर्न खोज्नु दुःखद् रहेको बताएका छन् उनले सरकारले श्रमिकहरुलाई नजरअन्दाज गरे कडा सडक आन्दोलन गर्न बाध्य हुने भन्दै श्रमिकहरुलाई श्रम गरेर खान दिनुपर्ने बताएका छन् ।
यस्तै, उनले काठमाडौं महानगरपालिका र ठेकेदारले व्यापारीहरुलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । कोरोनाले थलिएका व्यापारीहरुलाई सरकारले राहत दिनुपर्ने ठाउँमा उल्टो सिध्याउन खोजेको उनको भनाइ छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.