शान्ति प्रक्रियाका बाँकी रहेका काममा मेरो ध्यान गएको छ मन्त्री : गोविन्द शर्मा कोइराला

सारांश :

कानूनमन्त्री

नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न आफ्नो ध्यान केन्द्रीत गर्ने बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै बिभिन्न कारणले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न हुन नसकेको भन्दै आफ्नो ध्यान यसैमा केन्द्रीत गर्ने बताएका हुन् ।

प्रधानमन्त्रीले शान्ति प्रक्रियाका बिषयलाई निष्कर्षमा पुराउन दिएको जिम्मेवारी पुरा गर्ने उहाको भनाई छ । उनले सत्यनिरुपण तथा मेलमिलाप आयोगलाई क्रियाशिल बनाउनका लािग आवश्यक कानून बनाइने जानकारी गराए ।

प्रधानमन्त्री देउवाको सिफारिसमा कोइराला कानून मन्त्रीमा नियुक्त भएका हुन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!