मुलुकलाई राष्ट्रिय एकताको बाटोमा लैजानुपर्छ : सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर

सारांश :

सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकलाई राष्ट्रिय एकताको बाटोमा लैजानुपर्ने आजको आवश्यकता रहेको बताएका छन् ।
प्रेस युनियनले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सञ्चार मन्त्री कार्कीले एकतावद्ध भएर मुुलुकलाई अघि बढाउनुपर्ने र यसका लागि सद्भावको बाटो समात्नु पर्ने बताएका छन् ।

उनले फरक फरक भूमिकामा रहेकाहरुले पनि मुलुकलाई समृद्धको बाटोमा अघि बढाउन एकताबद्ध हुनुपर्ने धारणा पनि राखे । १० बर्षमा धनी र सुन्दर शान्तिको देश बनाउनका लागि पनि अग्रसर हुनुपर्ने उनको भनाई छ । उनीले मुलुकलाई अघि बढाउन देखिने चूनौतीहरुलाई पनि समाधान गर्दै लैजानुपर्ने जिकिर गराए ।

उनले समृद्धिबिना समाजलाई गतिशिलता दिन नसक्ने भन्दै जनताको आकांक्षालाइ पुरा गर्न संविधानको सफल कार्यान्वयन गर्नुपर्ने बताएका छन् । उनीले सञ्चार क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्न सरकार प्रतिवद्ध रहको उल्लेख पनि गरे । कार्यक्रममा फोनिज र सञ्चारीका समूहको नयाँ नेतृत्व लगाएतलाई सम्मान गरेका थिए ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!