जात्रासम्बन्धी एकल फोटो मंगलबारदेखि प्रदर्शनमा

सारांश :

भक्तपुर – पत्रकार रत्नकृष्ण श्रेष्ठको मध्यपुरठिमीमा बिस्केट (बिस्का) जात्रासम्बन्धी एकल फोटो प्रदर्शनी मंगलबारदेखि सुरु भएको छ ।

पर्यटन बोर्डको प्राङ्गणमा भएको उक्त प्रदर्शनी तीन दिनसम्म चल्ने छ । मध्यपुरठिमीमा हुँदै आएको जात्राका १०० भन्दा बढी फोटो प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा जात्राको सुरुदेखि अन्त्यसम्मका फोटो राखिएका छन् । प्रदर्शनीको आज काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले संयुक्तरुपमा शुभारम्भ गरे । कार्यक्रममा मध्यपुरठिमी नगरपालिकाका प्रमुख श्रेष्ठले नगर क्षेत्रभित्रका जात्रा, पर्वका अमूर्त कलालाई विश्व सम्पदाका रुपमा पहिचान दिलाउन नगर लागि परेको बताएका छन् ।

फोटो पत्रकार श्रेष्ठले मध्यपुर ठिमीमा धुमधामका साथ मनाइने बिस्का जात्राको ऐतिहासिक र सांस्कृतिक पक्षबारे अवगत गराउन प्रदर्शनी आयोजना गरिएको बताएका छन् ।हरेक वर्षको अन्त्यसँगै नयाँ वर्षको सुरुआतमा ऐतिहासिक महत्वको बिस्का जात्रा मध्यपुरठिमी क्षेत्रमा मनाइँदै आइएको छ । जात्रा चैत ३०, वैशाख १ र २ गते हर्षोउल्लासका साथ मनाइन्छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
2
>
Share This

Share This

Share this post with your friends!