निर्वाचन आयोगले बिभिन्न निर्वाचन अधिकृतको कार्यालयबाट मतदाता परिचयपत्र वितरण गरेको छ ।
निर्वाचन आयोगले बिहीबारसम्म मतदाता परिचयपत्र वितरण गर्ने जनाएको छ । यसका साथै मतदाता परिचय पत्र बितरण गरेको स्थानमा मतदाता शिक्षा पनि दिइएको छ । आयोगले नमूना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे जानकारी गराएको हो ।
मतदान गर्न जाँदा मतदाताले मतदाता परिचयपत्र वा आयोगले तोकेको परिचय खुल्ने अन्य परिचयपत्र लिएर जानु पर्ने आयोगले जनाएको छ । मतदाताले हरेक पदका लागि आफूले रोजेको सात जना उम्मेदवारको चिह्न रहेको ठाउँमा कोठाभित्र पर्ने गरी मत सङ्केत गर्नुपर्छ । स्थानीय तहको निर्वाचन बैंशाख ३० गते देशभर हुँदैछ ।
सम्बन्धित समाचारहरु:
अस्पतालको तीन तले झ्यालबाट खसेका बिरामीको मृत्यु
आज सुवासचन्द्र नेम्वाङको प्रथम स्मृतिसभा मनाइँदै
बाढी पहिरोमा परि ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग
एन.भि.ए. राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा पुरुष तर्फ विजयी सुरुव...
सेती लोकमार्गः दश किलोमिटर कालोपत्र हुँदै
अमेरिकी उप–विदेशमन्त्री वर्मा नेपाल भ्रमणमा