आजकाे माैसमः देशका अधिकांश भागमा मौसम सफा रहने

आगामी ५ दिनको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर पश्चिमी वायुका साथै पहाडी भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भेगमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहेको जनाएको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा मौसम सफा रहने छ। कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी  प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts

काठमाडौँको वायुको गुणस्तर

वायु गुणस्तर सूचकांक (AQI) स्तरहरूले प्रदूषण सांद्रताको आधारमा वायु गुणस्तर वर्गीकरण गर्दछ।

राम्रो (0-50): हावाको गुणस्तर कम वा कुनै जोखिम छैन।

मध्यम (51-100): स्वीकार्य, तर केही प्रदूषकहरूले संवेदनशील व्यक्तिहरूलाई जोखिममा पार्न सक्छ।

संवेदनशील समूहहरूको लागि अस्वस्थ (101-150): संवेदनशील व्यक्तिहरूले स्वास्थ्य प्रभावहरू अनुभव गर्न सक्छन्।

अस्वस्थ (151-200): सबैजनाले स्वास्थ्य प्रभावहरू, विशेष गरी संवेदनशील समूहहरू अनुभव गर्न सक्छन्।

धेरै अस्वस्थ (201-300): आपतकालीन अवस्थाहरूको स्वास्थ्य चेतावनी।

खतरनाक (301-500): गम्भीर स्वास्थ्य प्रभाव, आपतकालीन अवस्था।

>
Share This