आजकाे माैसम : मेघगर्जनसहित वर्षाको सम्भावना

सारांश :

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागको एक दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज सूर्योदय बिहान ५ बजेर ५२ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २२ मिनेटमा हुनेछ ।

काठमाडौँको आजको हावाको गुणस्तर

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!