भक्तपुर नगरपालिकाको मेयरदेखि वडा सदस्यसम्मका सबै पदमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार निर्वाचित भएका छन् ।
मेयरमा निवर्तमान मेयर सुनील प्रजापति नै अत्यधिक मतसहित निर्वाचित भए । उनले २९ हजार २०० मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३३५२ मत पाएका छन् । बिजयी पछि प्रजापतिले जनताको समस्यालाई समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । त्यस्तै युवाहरुलाई रोजगार सिर्जना गर्ने लगाएतका कामहरु आफुले गर्ने बताए । उनले आफुलाई बिजयी गराउने सबै मतदातालाई धन्यवाद दिएका छन् ।
त्यस्तै उपमेयरमा नेपाल मजदुर किसान पार्टीकै रजनी जोशीले २९ हजार ६९५ मत ल्याएर निर्वाचित
भए भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रञ्जना खर्बुजाले २७८४ मत ल्याएका छन् ।
सम्बन्धित समाचारहरु:
निर्वाचन आयोगको भूमिकाप्रति असन्तुष्टि छु - नेता वर्षमान पुन
२० देशका राजदूत नियुक्तिका लागि सिफारिस
शिक्षाका माध्यमबाट बुद्धका दर्शन र सन्देशलाई विस्तार गर्न प्रधानमन्त्रीको जोड
श्रमिकका अधिकार सुनिश्चित गर्न आयोगको माग
तीन दिन देशभर बदली र वर्षा, तराईमा हावाहुरीको सम्भावना
नेपाली जनता दलको छैटौँ महाधिवेशन भदौ पहिलो साता