निर्वाचन आयोगले बिभिन्न निर्वाचन अधिकृतको कार्यालयबाट मतदाता परिचयपत्र वितरण गरेको छ ।
निर्वाचन आयोगले बिहीबारसम्म मतदाता परिचयपत्र वितरण गर्ने जनाएको छ । यसका साथै मतदाता परिचय पत्र बितरण गरेको स्थानमा मतदाता शिक्षा पनि दिइएको छ । आयोगले नमूना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे जानकारी गराएको हो ।
मतदान गर्न जाँदा मतदाताले मतदाता परिचयपत्र वा आयोगले तोकेको परिचय खुल्ने अन्य परिचयपत्र लिएर जानु पर्ने आयोगले जनाएको छ । मतदाताले हरेक पदका लागि आफूले रोजेको सात जना उम्मेदवारको चिह्न रहेको ठाउँमा कोठाभित्र पर्ने गरी मत सङ्केत गर्नुपर्छ । स्थानीय तहको निर्वाचन बैंशाख ३० गते देशभर हुँदैछ ।
सम्बन्धित समाचारहरु:
राप्रपा जिल्ला अध्यक्षको भेला आज पनि जारी
कात्तिक कृष्णपक्षः दोस्रो चाड तिहार (यमपञ्चक) सुरु, काग तिहार भने भाेलि
बाढीले बगाएको कल्भर्ट नबन्दा आवागमनमा समस्या
पुष्पलालको जन्मशताब्दी मनाइँदै
मुलुकको आर्थिक शिथिलता सुधार हुँदै गएपनि ढुक्क हुने अवस्था छैन : बर्षमान पुन
बिद्यार्थी एकता दिवसमा पाँच बामपन्थी नेता एउटै मञ्चमा देखिने