संघीय संसदको संसदीय सुनुवाई समितिले चीन र दक्षिण अफ्रिकाका लागि राजदूतमा सिफारिस भएका विष्णुपुकार श्रेष्ठ र दानबहादुर तामाङको नाम अनुमोदन गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले दुई जनाको सुनुवाइ गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।
दुई जनामा उजुरी नपरेका कारण सुनुवाई गर्दै अनुमोदन गरिएको उहाले बताउनुभयो । उनीहरुसँगै सिफारिस भएका अन्यको भने बुधबार सुनुवाइ हुने समिति सभापति कर्णले जानकारी दिनुभयो । बाँकी रहेका एक जनामा गम्भीर प्रकृतिको उजुरी परेको उनले बताए ।
बैठकले समितिमा परेका उजुरी सन्दर्भमा अध्ययन गर्न तीन जनाको कार्यदल गठन गरिएको र दुई दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको सभापति कर्णले जानकारी दिनुभयो । समितिको बैठक बुधबार बिहान पुन बोलाइएको छ ।
सम्बन्धित समाचारहरु:
भन्सार छलि र चारी गरि नेपाल भित्राएर वुलेट मोटरसाईकल बरामद
कानून बनाएर व्यवसायीहरुको समस्या दिर्घकालीन रुपमा समाधान गर्नुपर्छः नेता मेटमणि ...
राष्ट्रिय बक्सिङ प्रतियोगिता मंगलबारदेखि सुरु
काठमाडौं महानगरको आतंक बन्द नभए कडा आन्दोलनमा जान्छौ -नेपाल स्वतन्त्र सडक व्यापा...
संसदमा आजदेखि प्रि-बजेट छलफल
राष्ट्रपति रामचन्द्र पौडेलले गरे हिमालयन हाइड्रो एक्स्पो २०२४ को उद्घाटन