निर्वाचन आयोगले बिभिन्न निर्वाचन अधिकृतको कार्यालयबाट मतदाता परिचयपत्र वितरण गरेको छ ।
निर्वाचन आयोगले बिहीबारसम्म मतदाता परिचयपत्र वितरण गर्ने जनाएको छ । यसका साथै मतदाता परिचय पत्र बितरण गरेको स्थानमा मतदाता शिक्षा पनि दिइएको छ । आयोगले नमूना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे जानकारी गराएको हो ।
मतदान गर्न जाँदा मतदाताले मतदाता परिचयपत्र वा आयोगले तोकेको परिचय खुल्ने अन्य परिचयपत्र लिएर जानु पर्ने आयोगले जनाएको छ । मतदाताले हरेक पदका लागि आफूले रोजेको सात जना उम्मेदवारको चिह्न रहेको ठाउँमा कोठाभित्र पर्ने गरी मत सङ्केत गर्नुपर्छ । स्थानीय तहको निर्वाचन बैंशाख ३० गते देशभर हुँदैछ ।
सम्बन्धित समाचारहरु:
संविधान संशोधनको औचित्यबारे स्पष्ट पार्नुपर्छ : सांसद शाही
रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज
एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगितामा महिलातर्फ विजयीको स...
दुर्लभ पाटे बाघ मृत भेटियो
पहिरो खस्दा कर्णाली राजमार्ग पाँच ठाउँमा अवरुद्ध
सर्वोच्चद्वारा अनिवार्य अवकाशसम्बन्धी व्यवस्था ऐनमा समावेश गर्न परमादेश