नेपाल निर्माण व्यवसायी महासङ्घद्वारा मूल्यवृद्धिविरुद्धको आन्दोलनलाई निरन्तरता दिने

सारांश :

नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण सामग्रीमा भएको मूल्यवृद्धिविरुद्धको आन्दोलनलाई निरन्तरता दिएको छ ।

निर्माण उद्योग पछिल्लो समयमा निर्माण सामग्रीमा भएको मूल्यवृद्धि, सार्वजनिक खरिद नियमावलीको ११औँ संशोधनका केही त्रुटीपूर्ण बुँदाका कारण निर्माण व्यवसाय धराशायी भएको भन्दे महासंघले आन्दोलनलाई निरन्तरता दिएको हो ।

बुधबार महासंघले आन्दोलनको पूर्व निर्धारित कार्यक्रम अनुसार ताहाचलस्थित सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना दिएको छ । धर्नामा सहभागीहरुले धर्नामा सहभागीहरूले निर्माण सामाग्रीमा भएको अत्यधिक मुल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, निर्माण उद्योगमैत्री कानुन जारी गर्नुपर्ने, भुक्तानी हुन बाँकी रहेको रकम तुरुन्त भुक्तानी गर्नुपर्ने, ११औँ संशोधनमा रहेका त्रुटीहरु सच्चाउनुपर्ने लगाएतमा प्लेकार्ड प्रदर्शन गरेका छन् ।

महासंघका अध्यक्ष रवि सिंहले व्यवसायीहरूका मागका विषयमा राज्यका हरेक तहमा जानकारी गराएपनि सम्बोधन हुन नसकेका कारण आन्दोलन गर्न बाध्य भएको बताएका छन् । निर्माण उद्योग धराशायी हुँदा समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्ने भएकाले समस्या समाधानका लागि राज्यको ध्यानाकर्षण गराइएको उनको भनाई छ ।

महासंघले निर्माण सामाग्रीहरुमा भएको अत्यधिक मूल्यवृद्धिको सम्बोधन नभएसम्म वा मूल्यवृद्धि नियन्त्रण भई सामान्य अवस्था नभएसम्मको अवधिलाई वैशाख ११ गतेदेखि लागु हुने गरी कन्स्ट्रक्शन होलिडे मानिने जनाएको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!