जेष्ठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय

सारांश :

बैशाख -१४ – काठमाडौँ । सरकारले जेष्ठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो । यस्तै, सरकारले सरकारी कार्यालयको समय पनि निर्धारण गरेको छ । जेठ १ गतेदेखि बिहान ९ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म तोकेको छ । हाललाई परीक्षणका रुपमा उक्त व्यवस्था गरिएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।उनले बाहिर चर्चा चलेजस्तो मुलुकको अर्थतन्त्र खराव नभएको दावी पनि गरे । मन्त्रीपरिषद्ले खानेपानी क्षेत्रको सुशासन र पूर्वाधार सहयोग आयोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ८० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋणसहायतासम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तै कम आवश्यक, विलासीजन्य र स्वास्थ्यमा नकारात्मक असर पार्ने बिभिन्न दशवटा वस्तुहरुको पैठारीमा पूर्ण बन्देज लगाउने निर्णय पनि भएको उनले बताएका छन् । बैठकले सशसस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक पदमा सशस्त्र प्रहरी नायव महानिरिक्षक राजु अर्याललाई बढुवा गर्ने, सिन्धुपाल्चोकको तातोपानी अन्तर्गत पर्ने ९ रोपनी सरकारी जग्गा भोटेकोशी गाँउपालीकालाई लिजमा उपलव्ध गराउने निर्णय भएको प्रवक्ता कार्कीले बताए ।

त्यस्तै बैठकले श्रममन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डललाई मलेसियाको भ्रमण गर्न स्वीकृती दिने , फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधारको बिकास समिति आदेश स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!