कात्तिक कृष्ण त्रयोदशीः तिहारकाे पहिलाे दिन आज काग तिहार

काठमाडौँ । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज बुधबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । यमराजले लोकको खबर … Read more

कात्तिक कृष्णपक्षः दोस्रो चाड तिहार (यमपञ्चक) सुरु, काग तिहार भने भाेलि

काठमाडौँ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवतरुपमा आरम्भ हुँदैछ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको हो । बिहान ११ः०१ बजेपछि कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास … Read more

चोभारकाे आदिनाथमा आजदेखि एकमहिने मेला सुरु

काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन लाग्ने चोभार डाँडास्थित आदिनाथको मेला आज बिहानैदेखि सुरु भएको छ । कार्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन हुने उक्त मेला भर्न काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रबाट भक्तजन आउने गरेका स्थानीय हरिलाल श्रेष्ठले बताउनुभयो ।   मेला अवधिमा आदिनाथको भक्तिपूर्वक पूजाअर्चना गरेमा निरोगी हुने जनविश्वास छ । साथै छालासम्बन्धी रोग … Read more

पाटनकाे कृष्ण मन्दिरमा आज दर्शनार्थीको घुइँचो

ललितपुर । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि बिहानदेखि नै मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको हो । पूजाअर्चनाका लागि मन्दिरका दक्षिण र उत्तरतर्फ दर्शनार्थीका लागि लाइनको व्यवस्था गरिएको छ । भक्तजनको लाइन व्यवस्थापनका लागि नेपाल स्काउट, ललितपुर महानगर प्रहरी परिचालित छन् । वैदिक सनातन हिन्दू धर्मावलम्बीले … Read more

यस वर्षको गौरा भदौ १० गते मनाइने

काठमाडौँ । सुदूरपश्चिम तथा कर्णालीमा मनाइने गौरा पर्व यस वर्ष भदाै १० गते सोमबारका दिन मनाइने अठोला पञ्चाङ्गले जनाएको छ । अठोला पञ्चाङ्गका पञ्चाङ्गकार डिल्लीराज जोशीद्वारा हस्ताक्षरित सोमबार जारी विज्ञप्तिमा यसपाली गौरा पुजन भाद्र कृष्णपक्षमा रहेको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, “कृष्ण पक्षमा पुजिने गौरालाई अँधेरी वा काली गौरा भनिन्छ ।” अठोला पञ्चाङ्गका अनुसार … Read more

आज नागपञ्चमी पर्व मनाइँदै

काठमाडौैं। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ। यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ। नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो। वैदिक … Read more

रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज

काठमाडौँ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिए । … Read more

आज साउने पन्ध्र पर्व मनाइँदै

महोत्तरी । आज साउने पन्ध्र पर्व खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन छ । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने … Read more

देशभरका शिवालयमा भक्तजनद्वारा पूजाआजा

काठमाडौँ । साउनको पहिलो सोमबार आज देशभरका शिवालयमा भक्तजनले पूजाआजा गरिरहेका छन् । आज बहानैदेखि शिवालयमा पूजाआजा गर्ने दर्शनार्थीको घुइँचो लागेको छ । काठमाडौँमा पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्ने भक्तजनको घुइँचो लागेको छ । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्ने क्रम जारी छ । हिन्दु धर्म मान्ने महिलाहरुले साउने सोमबारलाई … Read more

मुस्लिम समुदायले मनाए मोहर्रम पर्व

वीरगञ्ज । मुस्लिम समुदायले आज यहाँ धुमधामका साथ मोहर्रम पर्व मनाएका छन् । नेपाल मुस्लिम समाज सङ्घका उपसचिव अलिअस्गर अन्सारीले वीरगञ्जसहित पर्सामा धुमधामका साथ मुस्लिम समुदायले मोहर्रम पर्व मनाएको बताए । ‘‘मुस्लिम समुदायले मोहर्रम अर्थात् दाहा पर्व हातहतियार प्रदर्शन गरी मनाउने गरिन्थ्यो । जिल्ला  प्रशासन कार्यालयको अनुरोधमा विभिन्न कला देखाएर मनाइएका छौँ,’’ उनले भने,‘‘वीरगञ्जमा आज … Read more

>