योजना आयोगले रोजगारीका कार्यक्रम प्रस्तुत गरोस् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि र रोजगारी प्रवद्र्धन हुनेगरी नयाँ कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोगका नवनियुक्त सदस्यहरूलाई बोलाएर प्रधानमन्त्री दाहालले विद्यमान समस्या समाधान गर्नेगरी योजना तयार गर्नुपर्नेमा जोड दिए । उत्पादन र रोजगारी न्यून हुनु देशको प्रमुख समस्या भएको उल्लेख गर्दै … Read more

सन्तुलित बजेट ल्याउछौं : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सन्तुलित ढङ्गले आगामी आर्थिक वर्षको बजेट ल्याइने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गत अर्थसमितिको आज सिंहदरबारमा बसेको बैठकमा उनले स्रोतसाधन र सीमामा रहेर बजेटमा सन्तुलन कायम गरिने विश्वास व्यक्त गरे । निर्वाचन क्षेत्र र प्रादेशिक सन्तुलन बजेटमा हुनुपर्छ भन्ने विषय संसद्मा पनि उठेको छ । यो विषयम समितिमा पनि आएको छ”, अर्थमन्त्री … Read more

होली पर्वमा जबरजस्ती रङ्ग दल्नेलाई कानुनी कारबाही गरिने

बिकृति र विसंगतिलाई टाढा राखेर होलिपर्व मनाउन जिल्ला प्रहरी कार्यालय बाँकेले आग्रह गरेको छ । होली पर्वमा जबरजस्ती रङ्ग दल्ने र होलीको नाममा कसैलाई दुर्व्यवहार गर्नेलाई कानुनी कारबाही हुने बाँके प्रहरीले जनाएको छ । सद्भावको पर्व होलीलाई मर्यादित रूपमा मनाउन सबैसँग आग्रह गर्दै इच्छाविपरीतका कार्य भए वा गरिएको पाइएमा प्रहरी कानुनी रूपमा प्रस्तुत हुने जिल्ला … Read more

९६ प्रतिशत बालबालिकाले लगाए दादुरा विरुद्धको खोप

काठमाडौं । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियान सम्पन्न भएको छ । दादुरा–रुबेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर सरकारले गत फागुन १३ गतेदेखि सञ्चालन गरेको खोप अभियान बुधबार सम्पन्न भएको हो । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले प्रारम्भिक तथ्याङ्कअनुसार करिब ९६ प्रतिशत बालबालिकाले खोप लगाएको बताए । उनका अनुसार ५७ लाख ४२ हजार … Read more

आगलागीमा परी घाइते भएका बाबुछोरीको मृत्यु

मान्म । कालीकोटको खाडाँचक्र नगरपालिका–५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा घाइते भएका ५० वर्षीय नन्दराम चौलागाईँको बुधबार दिउँसो मृत्यु भएको छ । यही चैत २ गते बाख्रा चराउन गएको बेला वनमा लागेको डढेलोमा घाइते भएका चौलागाईँको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालले मृत्यु भएको हो । शुक्रबार घरमुनिको वनमा गोठालो गएका बुवालाई दिउँसोको खाजा रोटी पु¥याउन … Read more

आज शुक्रबार, कति छ विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । आज २०८० साल चैत २ गते शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २२ पैसा र बिक्री दर १३२ रुपैयाँ ८२ पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ६६ पैसा र बिक्री दर १४५ रुपैयाँ ३२ पैसा रहेको … Read more

‘हल्कारा’ इतिहासको पुनरावृत्ति : महेश त्रिपाठी

यही शुक्रबारबाट फिल्म ‘हल्कारा’ नेपालमा प्रदर्शनमा आउँदैछ । विनोद सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्ममा महेश त्रिपाठीले प्रमुख भूमिका निर्वाह गरेका छन् । यो ‘हल्कारा’ले दुरदराजसम्म चिठीपत्र आदानप्रदान गर्ने पात्रको कथालाई देखाउँछ । विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुरस्कृत भइसकेको यो फिल्मप्रति अभिनेत महेश आशावादी छन् । त्यसो त महेशले पोखराको कास्कीकोटस्थित कालिका माध्यमिक विद्यालयमा अध्ययन … Read more

संवैधानिक परिषद्को बैठक बस्दै

संवैधानिक परिषद्को बैठक आज (सोमबार) साँझ बस्दैछ।  संवैधानिक परिषद्को बैठक साँझ ६ बजेलाई तय भएको उपसभामुख इन्दिरा रानाले सेतोपाटीलाई जानकारी दिइन्। ‘अस्तिकै बैठकको निरन्तरता भनेर बोलाइएको छ। थप कार्यसूची खुलाइएको छैन,’ उनले भनिन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच शनिबार भएको भेटवार्तापछि संवैधानिक परिषद्को बैठक बस्न लागेको हो। आज … Read more

प्रधानमन्त्री दाहाल: सूचना प्रविधिको विकासबाट मुलुकलाई समृद्ध बनाउन सकिन्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै नागरिकको जीवनस्तर उकासी मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा सरकार विश्वस्त रहेको बताएका छन् । छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज शुभकामना दिँदै उनले यसको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक पर्ने नीति, ऐन, नियमावलीलगायतका कानुनी व्यवस्थाका लागि … Read more

बारा २ मा पुरुषोत्तम पौडेललाई टिकट

काठमाडौं : नेकपा एमालेले बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज मनोनयन दर्ताको केही घण्टा अगाडि एमालेले पौडेललाई उम्मेदवार बनाउने निर्णय लिएको एक नेताले बताए । गत मंसिर ४ को निर्वाचनमा बारा २ को निर्वाचनमा एमालेले जनता समाजवादी पार्टीलाई सघाएको थियो । जसपाबाट चुनाव जितेका … Read more

>