Uncategorized

होली पर्वमा जबरजस्ती रङ्ग दल्नेलाई कानुनी कारबाही गरिने

By अर्जुन भट्टराई

बिकृति र विसंगतिलाई टाढा राखेर होलिपर्व मनाउन जिल्ला प्रहरी कार्यालय बाँकेले आग्रह गरेको छ । होली पर्वमा जबरजस्ती रङ्ग दल्ने र होलीको नाममा कसैलाई दुर्व्यवहार गर्नेलाई कानुनी कारबाही हुने बाँके प्रहरीले जनाएको छ ।

सद्भावको पर्व होलीलाई मर्यादित रूपमा मनाउन सबैसँग आग्रह गर्दै इच्छाविपरीतका कार्य भए वा गरिएको पाइएमा प्रहरी कानुनी रूपमा प्रस्तुत हुने जिल्ला प्रहरी कार्यालय बाँकेले एक सार्वजनिक सूचना प्रकाशित गरेर सबैलाई जानकारी गराएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेले प्रकाशित गरेको सूचनामा होलीका नाममा कसैमाथि पनि जबरजस्ती रङ दल्ने, लोला हान्ने वा दुर्व्यवहार गर्ने कार्य भएको पाइएमा प्रहरीले कानुन अनुसार कारबाही गर्ने जनाएको छ । सबैले पर्वलाई मर्यादित र संयमति रूपमा मनाउन सुचनामा आग्रहसमेत गरिएको छ ।

साथै कसैमाथि इच्छा विपरीत रङ दल्ने काम गरिए वा अमर्यादित कार्य गरिएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय बाँकेमा खबर गर्न समेत प्रहरीले अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहोराले होली पर्वलाई मर्यादित र शान्तिपूर्ण तरिकाले सद्भाव तथा प्रेमका साथ मनाउन सबै जिल्लावासीलाई आग्रह गरिएको जनाउँदै सोही बमोजिम गर्न सबैसँग अपिल गरेका छन् ।

होलीमा नगरका विभिन्न ठाउँमा जडान गरिएका सिसीटीभी क्यामराबाट पनि निरन्तर निगरानी गरिने प्रहरीले जनाएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.