ब्रेकिङ

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अतिक्रमणले विकासका काम अवरुद्ध

By अर्जुन भट्टराई

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अतिक्रमणले विकासका काम अवरुद्ध

दाङमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको दुई बिघाभन्दा बढी जमिन लामो समयदेखि अतिक्रमणमा पर्दै आएको छ। घोराही उपमहानगरपालिका–१४ अन्तर्गत पर्ने उक्त क्षेत्र खाली गराउन प्रतिष्ठानले विभिन्न प्रयास गरे पनि समस्या अझै समाधान हुन सकेको छैन।

अतिक्रमणका कारण प्रतिष्ठानले फोहोर व्यवस्थापन, शैक्षिक गतिविधिका लागि आवश्यक संरचना विस्तार तथा पार्किङ स्थल निर्माणजस्ता काम अघि बढाउन नसकेको जनाएको छ।

यस विषयमा आवश्यक समन्वय र सहजीकरणका लागि २०८२ चैत १८ गते गृह मन्त्रालयअन्तर्गतको आन्तरिक प्रशासन, सहरी तथा सभा–समारोह व्यवस्थापन शाखाबाट जिल्ला प्रशासन कार्यालय दाङलाई पत्र पठाइएको थियो।

उता, सो क्षेत्रमा बसोबास गर्दै आएका सुकुमवासी तथा भूमिहीनहरू भने पुनर्वासको सुनिश्चित व्यवस्था भएपछि मात्र स्थान खाली गर्ने अडानमा छन्। घोराही–१४ खोलीगाउँकी भीमा कामीले आफ्नै नाममा जमिन नभएकाले बाध्यतावश खोला किनारमा बस्नुपरेको उल्लेख गर्दै, बसोबासको स्थायी व्यवस्था भए अन्यत्र सर्न तयार रहेको बताइन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.