आज २५६७औं बुद्ध जयन्ती : पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै

काठमाडौं : शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औं जयन्ती आज भगवान् विष्णुको नवौं अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान … Read more

नेवार समुदायले धुमधामका साथ सिथि नखः पर्व मनाएका छन्

जेष्ठ शुक्ल पक्ष कुमार षष्ठी अर्थात् नेवार समुदायले धुमधामका साथ सिथि नखः पर्व मनाएका छन् । भगवान कुमारको जन्म दिनसमेत भएकाले यस दिन नेवार समुदाय कुमारको पुजा गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान बारा खाने प्रचलन रहेको छ । यसवर्ष घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी (भुटेको गहुँको पिठोमा चिनी मिसाएर मुठ्ठी … Read more

२५ सय ६६ औं बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

२५ सय ६६ औं बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरि मनाइएको छ । लुम्बिनीमा ईसापूर्व ५४३ अर्थात् २५६६ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । यसै दिन उहाँले ज्ञान प्राप्त गर्नुभएको थियो भने महापरिनिर्वाण पनि यसै दिन प्राप्त गर्नुभएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ २९ वर्षको … Read more

उभौली पर्व भूमेस्थानमा पूजा आराधना गरी मनाइयो

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उभौली पर्व सोमबार देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइएको छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । उभौली पर्वमा किराँत … Read more

महालक्ष्मी महाभैरव जात्रा बिहीबार सम्पन्न हुँदै

ललितपुरको लुभुमा वैशाख शुक्ल अक्षय तृतीयादेखि सुरु भएको महालक्ष्मी महाभैरव जात्राको मुख्य बिहीबार सम्पन्न हुँदैछ । जात्रामा महालक्ष्मी, महाभैरव, आकाशभैरव, कुमारी, कुमारलगायतलाई बाजागाजा सहित टोलटोलमा खट बिसाउँदै नगरपरिक्रमा गराउने चलन छ । जात्रा अवधिभर महालक्ष्मी कुमारी, कुमारलाई एउटा खट र महाभैरव कुमारकुमारीलाई अर्को खटमा राखेर नगर परिक्रमा गराइन्छ । खटलाई भगवती लाछी टोल, पिङ टोल, … Read more

किन गरिँदैन सूर्यास्तपछि देहासंस्कर ??

शास्त्र अनुसार सूर्यास्तपछि अन्तिम संस्कार हुँदैन । तर यसको पछाडिको कारण के तपाईलाई थाहा छ त?? वास्तवमा वैदिक संस्कारमा जम्मा १६ वटा संस्कार छन् । त्यसमध्ये सोह्रौं अर्थात् अन्तिम संस्कारमा अन्त्येष्टिको बारेमा कुरा गरिएको छ। यसमा केही नियमहरू लेखिएका छन्। तीमध्ये एउटा नियमअनुसार सूर्यास्तपछि शव जलाउन पाइँदैन जलाउनु हुदैन, एक त राति दिउसो जस्तो सहज … Read more

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा बुधबारबाट सुरु

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा बुधबारबाट सुरु भएको छ । ललितपुरको पुल्चोकमा रहेको रथलाई बुधबार तानिएको हो । मच्छिन्द्रनाथको रथयात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर आषाढ शुक्ल चतुर्थी (दुई महिना) सम्म चल्छ । पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा लिइन्छ । हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक करुणामयको रूपमा पुज्छन् भने बौद्ध … Read more

ठूलाबडाबाट आशीर्वाद लिएर ईद उल फित्र पर्व मनाइएको छ ।

देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर ईद उल फित्र पर्व मनाएका छन् । अरबी पात्रो हिजरी संवत् अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन मङ्गलवार ईद उल फित्र पर्व मनाइएको हो । यस दिन विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद … Read more

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण गरियो

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको छ । आइतबार वैशाख शुक्ल प्रतिपदाको दिन मच्छिन्द्रनाथको रथारोहण गरिएको हो । यहि बुधबार पुल्चोकबाट रथ यात्रा शुरु हुनेछ । रथारोहणपछि गुरुजुको पल्टनले बन्दुक पड्काएर बढाई गरेको थियो । रातो मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको सबैभन्दा लामो जात्रा हो । रथलाई जात्रा अवधिभर ललितपुरको टोलटोलमा घुमाइन्छ । सर्वसाधारणले आफन्त … Read more

>