सस्तो ब्याजदरमा ऋण लिएर रेल–वे निर्माण गर्न सकिने :प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै दातृ राष्ट्रको अनुदान वा सस्तो ब्याजदरमा ऋण लिएर मात्रै सरकार आफैँले रेल–वे निर्माण गर्न सक्ने बताएका छन् । मंगलबार काठमाडौंको चोभारमा सुक्खा बन्दरगाह भन्सार कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले नेपालको व्यापार घाटा बढ्दोक्रममा रहेको भन्दै तत्काल सरकारले रेल–वे निर्माण गर्न नसक्ने भन्दै कुनै दातृ राष्ट्रको अनुदान वा सस्तो ब्याजदरमा ऋण लिएर … Read more

४ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गर्दै भारत

सोलुखम्बु -सोलुखुम्बुमा फोहोर पानी व्यवस्थापन परियोजनाका लागि भारतले ४ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।खुम्जुङ्ग खुन्दे फोहोर पानी व्यवस्थापन परियोजना निर्माणका लागि मंगलबार काठमाडौंस्थित भारतीय दूतावास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र खुम्बु पासाङल्हामु गाउँपालिकाबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस परियोजनाको निर्माणले सोलुखुम्बुको खुम्जुङ्ग गाउँमा बसोबास गर्ने … Read more

अब स्वदेशी पूँजीलाई मुलुकभित्रै लगानी ।

उपराष्ट्रपति उपराष्ट्रपति नन्दकिशोर पुनले स्वदेशी पूँजीलाई मुलुकभित्रै लगानीको बनाउन सरकारको ध्यानाकर्षण गरेका छन् । मंगलबार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन उद्घाटन गर्दै उपराष्ट्रपति पुनले केही पूँजीपतिहरु आफ्नो पूँजी बाहिर लैजान खोजेको भन्ने आफूले सुनेको भन्दै स्वदेशी पूँजीलाई स्वदेशमा उपयोग गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गरेका हुन् । उहाले आत्मनिर्भर अर्थतन्त्र बनाउनका लागि सरकार निजी … Read more

सत्तारुढ गठबन्धनले निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ ।

काठमाडौँ -सत्तारुढ गठबन्धनले निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ । प्रधानमन्त्री निबास बालुवाटारमा मंगलबार बसेको गठबन्धन बैठकले कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको हो । त्यस्तै बैठकले देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिदै सरकारको तर्फबाट राजनैतिक दल, अर्थविद, योजनाविद र सरोकारवाला पक्षसङ्ग एक वृहत् अन्तक्रियाको आयोजना गर्ने … Read more

निर्वाचन आयोगले प्रभावकारी कार्यान्वयनका लागि राजनीतिक दलहरुबाट प्रतिबद्धता लिएको छ ।

काठमाडौँ -विवादकाबीच निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि राजनीतिक दलहरुबाट प्रतिबद्धता लिएको छ । मंगलबार आयोगले निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलहरुलाई बोलाएर आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि प्रतिवद्धता लिएको हो । त्यसअघि निर्वाचनमा आचारसंहिताको छलफलमा भाग लिन नपाएको भन्दै साना दलहरुले नारावाजी गरेका थिए । आचारसंहितामाथि छलफल नै नगराइ प्रतिवद्धतामा हस्ताक्षर गराउन … Read more

एमाले महाधिवेशन विस्तारित कमिटी :निर्णय गर्ने अधिकारअध्यक्षमा केन्द्रित

सौराहा, चितवन — आठौं महाधिवेशनबाट बहुपदीय अध्यक्षात्मक प्रणालीमा गएको नेकपा एमालेले त्यसपछिका दुवै महाधिवेशनमा केन्द्रीय कमिटी र पदाधिकारीको संख्या बढाएको छ । निर्णय गर्ने प्रक्रियालाई भने सानो घेरामा सीमित गर्दै एक व्यक्तिमा केन्द्रित गरेको छ । आफूलाई आन्तरिक लोकतन्त्रको च्याम्पियन दल भनेर दाबी गर्दै आएको एमालेको शक्ति अहिले अध्यक्ष केपी शर्मा ओलीमा केन्द्रित भएको छ । दसौं राष्ट्रिय … Read more

>