आर्थिक विधेयक, २०८२ ले विभिन्न क्षेत्रमा प्रदान गरेका कर छुट तथा सुविधाहरू 

आर्थिक विधेयक, २०८२ ले विभिन्न क्षेत्रमा कर छुट तथा सुविधाहरू प्रदान गरेको छ। यस विधेयकले विशेष गरी ढुवानी सेवा प्रदायक, अवकाश कोषमा योगदानकर्ता, सामाजिक संस्थाहरू, मूल्य अभिवृद्धि कर (VAT) तथा अन्त:शुल्कका करदाताहरू, अन्तर्राष्ट्रिय हवाई यातायात सेवा प्रदायक र पुराना सवारी साधन धनीहरूलाई लक्षित गरेको छ। यस लेखमा आर्थिक विधेयक, २०८२ द्वारा प्रस्तावित प्रमुख छुट तथा … Read more

कम्पनी रजिस्ट्रार कार्यालयको चरम लापरबाही: सर्वोच्चको आदेशदेखि नागरिक बडापत्रको उपहास

काठमाडौँ, जेठ १० (मे २४): नेपाल सरकारको नीति र सर्वोच्च अदालतको आदेशलाई समेत ठाडो उल्लङ्घन गर्दै कम्पनी रजिस्ट्रारको कार्यालय (OCR) का केही कर्मचारी र रजिस्ट्रार स्वयंले सरकारी व्यवस्था असफल पार्ने प्रयास गरिरहेको देखिएको छ। १० महिनाभन्दा बढी समयदेखि आधारभूत त्रुटिहरू भएका वेबसाइटलाई जबर्जस्ती लागू गरिएको छ, जसमा डेटा सुरक्षित छैन, पात्रो गलत छ, र सामान्यतया … Read more

कोशी प्रदेशको बजेट अब यथार्थपरक: मुख्यमन्त्री आचार्य

विराटनगर, जेठ १० । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की आचार्यले आगामी आर्थिक वर्षको बजेट प्रदेशको वास्तविक आम्दानी र आवश्यकतामा आधारित हुने बताएका छन्। विराटनगरमा नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशको विशेष साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले गत वर्षहरूमा परम्परागत शैलीमा बजेट बनाउने गरिए पनि यसपटक यथार्थपरक बजेट आउने दाबी गरे। उनले बजेट निर्माणमा सरकारले निजी … Read more

अध्यक्ष ढकालको आग्रह: बुद्ध पर्यटन विकासका लागि सरकार र निजी क्षेत्र एक होऔँ

काठमाडौं, जेठ १० । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुद्ध धर्मसँग सम्बन्धित पर्यटनको प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य हुनुपर्नेमा जोड दिएका छन्। बिहीबार काठमाडौंमा आयोजित बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट (BITM) लाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपाललाई प्रमुख बौद्ध पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न आवश्यक रहेको बताए। उनले बुद्धको जन्मभूमि लुम्बिनीसहित … Read more

कांग्रेस नेतृत्वमा सरकार बनाउने गृहकार्य जारी: गृहमन्त्री लेखक

धनुषा । गृहमन्त्री तथा कांग्रेस सांसद रमेश लेखकले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न आफूहरू कटिबद्ध रहेको बताएका छन्। जनकपुरमा आयोजित पार्टीको मधेस प्रदेश कार्यसमितिको विशेष बैठकमा बोल्दै मन्त्री लेखकले लामो समयदेखि कांग्रेसको सरकार नबनेको कार्यकर्ताको गुनासो जायज भएको स्वीकार गरे। उनले हालको संयुक्त सरकार (नेपाली कांग्रेस र एमाले) सञ्चालनमा केही जटिलताहरू रहेको उल्लेख गरे। … Read more

कांग्रेस नेताहरूको योगदान जनतामाझ पुर्‍याउनुपर्छ: देउवा

जेठ १०, काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका अग्रज नेताहरूले देश र पार्टीका लागि पुर्‍याएको योगदानलाई जनस्तरसम्म पुर्‍याउनुपर्ने आवश्यकता औँल्याएका छन्। काठमाडौंमा आयोजित कांग्रेसका पूर्वसभापति एवं पूर्वसांसद स्वर्गीय खगेन्द्रराज रेग्मीको पहिलो स्मृतिसभालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्। उनले नेताहरूले थालेका अधुरा कार्यहरूलाई सबै मिलेर पूरा गर्नुपर्ने धारणा राखे। देउवाले स्वर्गीय नेता रेग्मीलाई पार्टीप्रति … Read more

प्रजातन्त्रका उपलब्धिमाथि प्रश्न उठाउनु ‘फेसन’ भएको उपप्रधानमन्त्री सिंहको टिप्पणी

काठमाडौं, नेपाल – उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले शनिबार देशमा केही भएन भनेर भ्रम छर्ने कुरा एउटा फेसन जस्तो भएको टिप्पणी गरेका छन्। नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ काठमाडौं महानगर समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले “अहिले के भयो र? के भएको छ र?” जस्ता भाष्यहरू बनाएर प्रजातन्त्रले के ल्यायो … Read more

जबराको “ब्याकफायर”, दलहरु तरंगित, अब के हुन्छ?

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संसद्को महाभियोग सिफारिस समितिमा बयान दिँदै न्यायालयमा राजनीतिक हस्तक्षेप कसरी हुन्छ र राजनीतिको फेर समातेर न्यायालय कसरी लरबराउँछ भन्ने पोल खोलेका छन्। उनले राजनीतिक स्वार्थसिद्धि नहुने देखेपछि आफूमाथि महाभियोग लगाइएको जिकिर गरेका छन्। समिति सभापति रामबहादुर विष्टले ४३ वटा प्रश्नको तयारी गरिए पनि जबराले जवाफमा लामो समय लगाएकाले चारवटामा … Read more

तत्कालका एमालेसँग सहकार्य नगर्ने प्रचण्डको उद्घोष

बिरेन्द्रनगर, सुर्खेत : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एमालेसँग सहकार्यको सम्भावना नरहेको बताएका छन्। सत्ता गठबन्धनभित्र सिट बाँडफाँडको काम सहमती नजिक पुगेको भन्दै उनले तत्कालका लागि एमालेसँग कुनै पनि प्रकारको सहकार्य नहुने बताए। पार्टीको कर्णाली प्रदेश भेलालाई सम्बोधन गर्न शुक्रबार सुर्खेत आइपुगेका प्रचण्डले यस्तो बताएका हुन्। सुर्खेत विमानस्थलमा पत्रकारहरुसँगको भेटमा प्रचण्डले भने,‘हामी … Read more

थप २२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ९ सय ७२ पिसिआर परिक्षणका क्रममा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको र १ हजार १ सय ७२ एन्टीजेन परिक्षणमा कसैमा पनि कोरोना नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै सोमबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको … Read more

>