द्यो स्वगं पूजा (सगुन जात्रा) धुमधामका साथ मनाइयो

बिस्का जात्राको आठौँ दिन आइतबार भक्तपुरमा द्यो स्वगं पूजा (सगुन जात्रा) धुमधामका साथ मनाइएको छ । परम्परागत बाजागाजा धिमेबाजा, बाँसुरी बाजा र भजन खलःहरूले नगरका शक्तिपीठ तथा विभिन्न देवीदेवताको परिक्रमा गरी सगुन जात्रा मनाइएको हो । जात्राका क्रममा स्थानीय महिला तथा पुरुष परम्परागत नेवारी पोशाक हाकु पटासी र दाउरा सुरुवालमा सजिएर जात्रामा सहभागी भएका थिए … Read more

गोविन्द वियोगी पत्रकारिता पुरस्कार राजेन्द्र बानियाँलाई प्रदान

सम्पादक समाज नेपालले संस्थापक अध्यक्ष गोविन्द वियोगीको स्मृतिमा स्थापना गरिएको गोविन्द वियोगी पत्रकारिता पुरस्कार राजेन्द्र बानियाँलाई प्रदान गरेको छ । शनिबार नुवाकोटको शिवपुरी–७ सूर्यचौरमा रहेको गोविन्द वियोगी पत्रकारीता अध्ययन केन्द्रमा आयोजित एक कार्यक्रमकाबीच कांग्रेस प्रवक्ता डा प्रकाशरण महतले बानियाँलाई उक्त पुरस्कार हस्तान्तरण गरेका हुन् । त्यस्तै गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समिति (रासस) … Read more

शनिबार ऐतिहासिक महत्व बोकेको काठमाडौंको बालाजु स्थित बाइसधारामा विशेष मेला

चैत शूक्ल पूर्णिमा दिन शनिबार ऐतिहासिक महत्व बोकेको काठमाडौंको बालाजु स्थित बाइसधारामा विशेष मेला लागेको छ । मेलाका अवसरमा शनिबार बाइसधारामा भक्तजनको घुँइचो लागेको थियो । मेलामा नुवाकोट, धादिङ, रसुवा, चितवन लगायतका विभिन्न जिल्लाहरुबाट भक्तजनहरु बाइसधारा आउने गर्दछन् । तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको उत्त धारामा नागार्जुनको डाँडाबाट पानी आउने गर्दछ । यस दिन … Read more

भद्रकुमारी घलेद्वारा लिखित एक सय ५१ विधाका पुस्तकहरु वैशाख दश गते विमोचन हुने

वरिष्ठ साहित्यकार भद्रकुमारी घलेद्वारा लिखित विभिन्न विधाका एक सय ५१ पुस्तकहरु वैशाख दश गते विमोचन हुने भएको छ । भद्रकुमारी घले सेवा सदनको वार्षिक साधारण सभाका अवसरमा दश गते पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको प्रमुख आतिथ्यतामा पुस्तक विमोचन हुने शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यसअघि विविध विधाका साहित्य, संस्कृति, कला र आफ्नै जीवन … Read more

तिमाल जात्रा अन्तर्गत बौद्धमा मेला

तामाङ जातिले मनाउने तिमाल जात्रा अन्तर्गत चैत शुक्ल चतुर्दशीका दिन शुक्रबार बौद्धमा मेला लागेको थियो । चैत पूर्णिमाको अघिल्लो दिन बौद्धमा जात्रा लाग्छ । विभिन्न जिल्लाबाट आएका तामाङले बौद्ध स्तूप परिक्रमा गर्ने र बत्ती बाल्ने गर्छन् । मृतकको मुक्तिको कामना गर्दै रातभर बत्ती बाल्ने चलन रहेको छ । यो जात्रा तामाङहरूले प्राचीनकालदेखि नै मान्दै आएको … Read more

महाकाली र महालक्ष्मीको संगम जात्रा सम्पन्न

बिस्का जात्राको अवसरमा भत्तलपुरमा महाकाली र महालक्ष्मीको संगम जात्रा सम्पन्न भएको छ । जात्राका क्रममा महाकाली द्यो छेँबाट मूर्तिलाई विमान आकारको खटमा राखी भोलाछेंबाट जात्रा सुरु गरिन्छ । अर्कोतर्फ महालक्ष्मीको मूर्तिलाई पनि विमान आकारकै खटमा विराजमान गराई जात्रा सुरु गरिन्छ । जात्राका क्रममा मध्यभागमा महाकाली र महालक्ष्मी भेट भएपछि दुवै खटलाई जुधाई संगम गराउने प्रचलन … Read more

शुक्रबारबाट राष्ट्रिय ललितकला प्रदर्शनी सुरु

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा शुक्रबारबाट काठमाडौंमा राष्ट्रिय ललितकला प्रदर्शनी २०७९ सुरु भएको छ । प्रदर्शनीको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभयो । सो क्रममा उपराष्ट्रपति पुनले राष्ट्रिय विभूति अरनिकोदेखिका कलाकारले कलाका माध्यमबाट विश्वमा नेपालको शिर उँचो बनाउने काम गरेको बबताएका थिए । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले प्रदर्शनी एक महिनासम्म चल्ने जानकारी दिएका … Read more

बुद्धकृष्ण वागश्रेष्ठले नवौँ पटक जिब्रो छेडे

भक्तपुरको मध्यपुरथिमि नगरपालिका– ८ बोडेमा मनाइने जिब्रो छेड्ने जात्रामा स्थानीय बुद्धकृष्ण वागश्रेष्ठले नवौँ पटक जिब्रो छेड्नुभएको छ । कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले पाँचो गणेशको प्राङ्गण रहेको पाटीमा मञ्चमा बुद्धकृष्णको जिब्रो छेडिएको हो । चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार … Read more

ठूला भनिएका दलहरुको कारण मुलुकमा बेरोजगार उत्पादन हुन थाल्यो – अध्यक्ष राजेन्द्र लिङ्देनले

अध्यक्ष राजेन्द्र लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला भनिएका दलहरुको कारण मुलुक बेरोजगार उत्पादन गर्ने कारखाना बनेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा लिङ्देनले बिभिन्न परितर्वन भएपनि ठूला दलहरुका कारण मुलुक असफलतर्फ जाने खतरा रहेको र मुलुक बेरोजगार उत्पादन गर्ने कारखाना बनेको आरोप लगाएका हुन् । उनले देश असफल भए … Read more

नयाँ वर्षको दिन भेलुखेलमा योसिंद्यो ढालियो

भक्तपुरको प्रसिद्व बिस्केट जात्राको पाचौं दिन अर्थात नयाँ वर्षको दिन भेलुखेलमा योसिंद्यो ढालिएको छ । बिहीबार दिउँसो ठड्याइएको ५५ हाते योसिं ः द्यो लाई साँझ तान्त्रिक विधि पूर्वक ढालिएको हो । अष्टमात्रिकाको प्रतिक मानिने लिङ्गो नागनागिनीको प्रतिक स्वरुप हंलिपतध्वजा बाँधेर फराइन्छ । त्यसको लगत्तै खलाँ टोलमा भैरवनाथ र भद्रकालिको रथलाई एक आपसमा जुधाउने परम्परा रहेको … Read more

>