अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

अन्तराष्ट्रिय

गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ३१ हजार नाघ्यो

एजेन्सी । इजरायली आक्रमणबाट गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीहरूको सङ्ख्या ३१ हजार नाघेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । विगत २४ घण्टाको अवधिमा इजरायली सेनाले द्वन्द्वग्रस्त तटीय क्षेत्रका विभिन्न स्थानमा गरेको आक्रमणबाट ८५ जना प्यालेस्टाइनीको मृत्यु भएको छ भने १३० जना घाइते भएका छन् । सो… Read More

२८ फागुन २०८०

समाचार

सुक्खा पहिरोले अवरुद्ध करिडोर सञ्चालन

बलेवा । सुक्खा पहिरोका कारण गए रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी सडकखण्ड अवरुद्ध भएको छ । बागलुङ र गुल्मीको सिमानामा पर्ने बागलुङको जैमिनी नगरपालिका–८ बरालवाको भिरमा गए राति सुक्खा पहिरो खसेको हो । पहिरोले बागलुङ–गृल्मीखण्डअन्तर्गत मालढुङ्गा–अर्वेनी सडक पूर्णरुपमा अवरुद्ध भएको छ । बागलुङको मालढुङ्गादेखि गुल्मीको अर्बेनीसम्म ४४ किलोमिटर खण्ड… Read More

२८ फागुन २०८०

अन्तराष्ट्रिय

द्वन्द्वका कारण इजरायलको बजेट घाटा २९.४ बिलियन अमेरिकी डलर

काठमाडौं । इजरायली सरकारको १२ वर्षको बजेट घाटा सन् २०२३ को फेब्रुअरीको अन्त्यसम्म १०५.१ अर्ब शेकेल (२९.४ बिलियन अमेरिकी डलर) पुगेको छ । सन् २०२३ को फेब्रुअरी र यस वर्षको जनवरीबीचको अघिल्लो १२ महिनाको घाटाको तुलनामा यस समयावधिमा करिब १८ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष यसै… Read More

२८ फागुन २०८०

अन्तराष्ट्रिय

दक्षिण कोरियाको बेरोजगारी दर फेब्रुअरीमा १३.३ प्रतिशत घट्यो

सियोल । थोक, खुद्रा, निर्माण र शिक्षा सेवा क्षेत्रहरूमा कम मागको कारण दक्षिण कोरियाको बेरोजगारी दोहोरो अङ्कमा झरेको सोमबार सार्वजनिक श्रम मन्त्रालयको तथ्याङ्कले देखाएको हो । रोजगार तथा श्रम मन्त्रालयका अनुसार रोजगारी खोज्ने नयाँ आवेदकहरूको सङ्ख्या फेब्रुअरीमा ९३ हजार २०० पुगेको छ । अघिल्लो बर्षको तुलनामा १३.३ प्रतिशतले… Read More

२८ फागुन २०८०

राजनिती

एमाले गोरखा जिल्ला अध्यक्षमा सुरेन्द्रबहादुर थापा विजयी

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) गोरखाको आठौँ जिल्ला अधिवेशनबाट पार्टी जिल्ला कमिटीको अध्यक्षमा सुरेन्द्रबहादुर थापा विजयी भएका छन् । गएराति सम्पन्न भएको मतगणनामा थापाले निकटतम प्रतिद्वन्द्वी कृष्ण नेपालीलाई ७५ मतले पराजित गर्दै थापा अध्यक्षमा निर्वाचित हुनुभएको पार्टीका सचिव काजीराम रोकाले जानकारी दिए । थापाले दुई सय ८० मत… Read More

२८ फागुन २०८०

समाचार

 भिरबाट लडेर घाइते भएका प्रहरीको मृत्यु

दार्चुला । भिरबाट लडेर घाइते भएका प्रहरी जवान सोहन चौधरीको मृत्यु भएको छ । आज दिउँसो १२ बजेतिर जिल्ला प्रहरी कार्यालय दार्चुलाको मुद्दा शाखाबाट भागेका थुनुवा उमेश कुँवरलाई समात्ने क्रममा प्रहरी जवान चौधरी भिरबाट लडेका थिए । जिल्ला प्रहरी कार्यालय भवन पछाडिको भिरबाट करिब एक सय मिटर तल… Read More

२८ फागुन २०८०

अर्थ

नेपालमा सहायता बढाउन विश्व बैंकसँग आग्रह

काठमाडौं । विश्व बैंकको नेपाल, माल्दिभ्स र श्रीलङ्का हेर्ने देशीय निर्देशक फारिस हदाद जार्बोसले आज अर्थमन्त्री वर्षमान पुनसँग भेट गरेका छन् । आज अर्थमन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पुनले नेपालमा विश्व बैंकको आर्थिक तथा प्राविधिक सहायता बढाउन उनीसँग आग्रह गरे । अर्थमन्त्री पुनले अर्थतन्त्र अझै केही दबाबमा रहेकाले नेपाललाई प्राथमितामा… Read More

२८ फागुन २०८०

राजनिती

गण्डकीमा राजनीतिक निकास दिन माओवादीको आग्रह

गण्डकी । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशसभा संसदीय दलले गण्डकी प्रदेशको सत्ता–राजनीतिमा देखिएको अन्योलता हटाएर सहज राजनीतिक निकास दिन दलहरुलाई आग्रह गरेको छ । दलको आजको बैठकले परिवर्तित सन्दर्भमा नयाँ सरकार निर्माण प्रकृयामा सहज र स्वभाविक राजनीतिक निकासका लागि सहयोग गर्न दलहरुलाई आह्वान गर्ने निर्णय गरेको प्रमुख सचेतक… Read More

२८ फागुन २०८०

समाचार

कर्णाली पुलमा भिषण आगलागी

काठमाडौं । आज सोमबार अपरान्ह्र कैलालीको चिसापानीस्थित कर्णाली पुलमा भिषण आगलागी भएको छ । पुलको बर्दिया राष्ट्रिय निकुञ्जतर्फको गुडिरहेको ट्रकमा आगलागी भएर पुलका तारहरुमा पनि आगो फैलिएको छ । एक्कासी ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ। ट्रकमा रहेका चालक र सह–चालकको उद्धार गरिएको छ। आगो नियन्त्रणका लागि… Read More

२८ फागुन २०८०

राजनिती

जनअपेक्षा पूरा गर्न नयाँ गठबन्धन: उद्योगमन्त्री भण्डारी

बैतडी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जनअपेक्षा पूरा गर्नका लागि नयाँ गठबन्धन निर्माण भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बैतडीको नवौँ जिल्ला अधिवेशनको आज पाटनमा उद्घाटन गर्दै मन्त्री भण्डारीले जनताको निराशालाई आशामा बदल्न नयाँ गठबन्धनको आवश्यकता महसुस गरिएको बताए । उनले भने, “राष्ट्रिय चुनौतीलाई… Read More

२८ फागुन २०८०