उपलब्द जोगाउनका लागि फेरि वामपन्थी एकता हुनुपर्छ -अध्यक्ष पुष्पकमल दाहाल

सारांश :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले बिभिन्न आन्दोलनपछिको उपलव्धी जोगाउनका लागि फेरि वामपन्थी एकता हुनुपर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७३ औं स्थापना दिवस तथा १ सय ५२ औं लेनिन जयन्तीका अवसरमा शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाडामा आयोजित कार्यक्रममा प्रचण्डले गणतन्त्रलाई कमजोर पार्दै जनताको घरदैलोमा पुगेको अधिकार खोस्ने षडयन्त्र भइरहेको भन्दै माओवादी आन्दोलनका घटकहरु एक हुनुपर्ने बताएका हुन् ।

माओवादी आन्दोलनलाई र क्रान्तिकारी कम्युनिष्टलाई बिभाजन गरेर मात्रै आफ्नो प्रतिक्रियाबादी सत्ताको पुर्नप्राप्ती हुन सक्छ भन्नेहरु र फेरी निरंकुश लाद्न खोज्नेहरु अझै पनि सक्रिय रहेकाले सजक रहनुपर्ने उनको भनाई छ ।

उनले हिजो बिभाजित भएर गएका माओवादीमा पनि बिभाजनको औचित्य पुष्टि हुन नसकेकाले फेरि कम्युनिस्टहरुको बीचमा ध्रुवीकरण हुनसक्ने जिकिर गरे । त्यस्तै उनले कम्युनिष्टलाई कमजोर पार्न खोजिएकै कारण नेकपाको एकता टिक्न नसकको तर्क गरेका छन् । अहिले एमालेभित्र पनि राम्रा कम्युनिस्ट रहेपनि नेतृत्वमा गलत व्यक्ति पर्दा त्यहाँ रहेका इमान्दर कम्युनिस्टहरु त्यसको शिकार हुने खतरा रहेको उनले बताए ।

प्रचण्डले एमाले भित्रका इमान्दार कम्युनिष्टहरुले गलत प्रवृतिकाविरुद्ध संघर्ष गर्नुपर्ने उल्लेख गरेका छन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!