रश्मिला प्रजापति प्रकरणका मेरो कुनै दोष छैन – केशव स्थापित

सारांश :

नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले रश्मिला प्रजापति प्रकरणका आफ्नो कुनै दोष नरहेको स्पष्ट परेका छन् ।

मंगलबार काठमाडौंमा मतदातासंगको अन्र्तक्रिया कार्यक्रममा स्थापितले विभागीय प्रमुखदेखि सबै मन्त्रालयका प्रतिनिधिले तत्कालिन अवस्थामा रश्मिला प्रजापति हटाउने निर्णय गरेको भन्दै यसमा आफ्नो कुनै भूमिका नरहेको बताएका छन् । महिला हिंसा भएको आरोप पनि निराधार भएको भन्दै आफुमाथि आशंका नगर्न उनले मतदातासंग आग्रह गरे । स्थापितले अहिले चूनावका बेला आफुलाई बदनाम गराउन बिपक्षीहरुले महिला हिंसाको कुरालाई अघि सारेको तर्क गरेका छन् । त्यस्तै एक युवतीको अनुहारको बारेमा दिएको प्रतिक्रियामा स्थापीतले अमानवले बोलेको जस्तो गरि बोलेकाले आफुले थुतुनो ठिक छैन भनेको तर्क दिएका छन् ।

उनले प्रमुखमा बिजयी भए आफुले महानगरबासीको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

>
Share This

Share This

Share this post with your friends!