गगन थापाको ‘संवाद यात्रा’ पुनः शुरु हुने

सारांश :

काठमाडौं । चैत्र १५ गतेबाट नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘संवाद यात्रा’ पुनः शुरु गर्ने भएका छन् । महामन्त्री थापाले संवाद यात्राको तालिका सार्वजनिक गर्दै नवलपरासीको गोपीगञ्जबाट यात्रा शुरु गर्न लागेका हुन् ।

गत माघ २३ मा स्थगित भएको संवाद यात्रा बिहीबार १५ चैत बाट शुरु गर्न लागिएको थापाको सचिवालयले जनाएको छ । ‘पहिला बिबिध कारणवस स्थगित ‘समुदायमा कांग्रेस अभियान’ अन्तर्गत संवाद यात्रामा महामन्त्री गगन कुमार थापाज्यू चैत्र १५, १६ र १७ गते नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाड र बाँके जिल्लाका कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेकाले उत्त कार्यक्रममा सहभागिताका लागि सम्बन्धित जिल्लावासी सबैमा हार्दिक अनुरोध गर्दछौ,’ सचिवालयको सूचनामा उल्लेख छ ।

१३ माघबाट झापाबाट शुरु भएको संवाद यात्रा कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनपछि स्थगित भएको थियो । १३ माघ देखि २६ माघसम्म हुलाकी राजमार्गले छोएका जिल्लामा संवाद गर्ने गरी यात्रा तय भएको थियो ।

पार्टीले १६ माघदेखि १० दिनका लागि ‘समुदायमा कांग्रेस’ अभियान देशभर गर्ने गरी कार्यक्रम बनाएको थियो । पार्टीका शीर्ष नेतालाई सात प्रदेश र केन्द्रीय नेताहरुलाई जिल्लामा प्रतिनिधि खटाएर अभियान चलाइएको थियो । बुढाथोकीको मृत्युपछि रोकिएको ‘समुदायमा कांग्रेस’ अभियानलाई निरन्तरता दिनेबारे भने पार्टीले निर्णय गरिसकेको छैन ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!