नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरमा एमालेले ५ वर्ष नेतृत्वको उपयोग गर्न नसकेको बताएका छन् ।
बिहीबार काठमाडौंमा कांग्रेस क्रियाशील सदस्यहरूको भेलालाई सम्बोधन गर्दै थापाले ५ बर्षमा एमालेले महानगरमा कुनै काम गर्न नसकेको आरोप लगाएका छन् ।
५ बर्षमा गरेको कामका बारेमा एमाले जनतालाई जवाफ दिनुपर्ने उहाको भनाई छ । त्यस्तै उनले एमालेले हिन्दुदेखि क्रिश्चियन धर्म वकालत गर्ने दलसम्मका दलहरुसँग गठबन्धनमा उत्रिएको तर्क दिएका छन् ।उनले मुलुकको परिवर्तनलाई जोगाउनकै लागि कांग्रेसले घोषितरुपमै गठबन्धन गरेको दावी गरे । थापाले स्थानीय तहको निर्वाचनमा उम्मेदवार चयनमा केही गुनासो भएपनि अहिले सवै बिर्सेर गठबन्धनलाई बिजयी गराउनुपर्ने जिकिर गरेका छन् ।
महामन्त्री थापाले एमालेका महानगर उम्मेदवार केशव स्थापीतले सार्वजनिक रुपमा नै महिलाहरुको अपमान गर्ने गरेकाले मतदानबाटै जवाफ दिन आग्रह गरेका छन् ।