अर्थ

आजको तरकारी तथा फलफूलको मूल्य सूची: कति पर्छ के?

By अर्जुन भट्टराई •

आजको तरकारी तथा फलफूलको मूल्य सूची: कति पर्छ के?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । तपाईंलाई बजार जानुअघि नै थाहा होस् भनेर यहाँ सबै मूल्य एकैठाउँ प्रस्तुत गरिएको छ ।

**तरकारीको मूल्य (प्रतिकिलो)**

गोलभेँडा ठूलो (नेपाली) — ४० रुपैयाँ, गोलभेँडा सानो (लोकल) — १५ रुपैयाँ, आलु रातो (लाम्चो) — ४५ रुपैयाँ, आलु रातो (भारतीय) — ३३ रुपैयाँ, प्याज सुकेको (भारतीय) — ५४ रुपैयाँ, गाँजर (लोकल) — ९० रुपैयाँ, बन्दा (लोकल) — २० रुपैयाँ, काउली (स्थानीय) — ८० रुपैयाँ, मूला रातो — २५ रुपैयाँ, भन्टा लाम्चो — ४० रुपैयाँ र भन्टा डल्लो — ५० रुपैयाँ रहेको छ ।

घिउ सिमी (लोकल) — १०० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) — १०० रुपैयाँ, घिउ सिमी (राजमा) — १२० रुपैयाँ, तीते करेला — ६० रुपैयाँ, लौका — ६० रुपैयाँ, परवर (लोकल) — ४० रुपैयाँ, घिरौला — ७० रुपैयाँ, फर्सी पाकेको — ५० रुपैयाँ, फर्सी हरियो (लाम्चो) — ८० रुपैयाँ, हरियो फर्सी (डल्लो) — ६० रुपैयाँ, भिण्डी — ६० रुपैयाँ, सखरखण्ड — १०० रुपैयाँ, पिंडालु — ९० रुपैयाँ र स्कुस — ६० रुपैयाँ निर्धारण गरिएको छ ।

रायोसाग — १२० रुपैयाँ, पालुङ्गो — १०० रुपैयाँ, चमसुरको साग — १०० रुपैयाँ, च्याउ (कन्य) — २४० रुपैयाँ, च्याउ (डल्ले) — ४०० रुपैयाँ, राजा च्याउ — ३०० रुपैयाँ, सिताके च्याउ — ८०० रुपैयाँ, कुरीलो — ३०० रुपैयाँ र न्युरो — ९० रुपैयाँ कायम गरिएको छ ।

**फलफूलको मूल्य**

स्याउ (फूजी) — २८० रुपैयाँ प्रतिकिलो, केरा नेपाली — २०० रुपैयाँ प्रतिकिलो, केरा (मालभोग) — १८० रुपैयाँ प्रतिदर्जन, कागती — १६० रुपैयाँ प्रतिकिलो, अनार — ४५० रुपैयाँ प्रतिकिलो, आँप (मालदह) — १६० रुपैयाँ प्रतिकिलो, आँप (दसहरी) — १६० रुपैयाँ प्रतिकिलो, भुइँकटहर — १८० रुपैयाँ प्रतिगोटा, काँक्रो (लोकल) — ५० रुपैयाँ प्रतिकिलो, काँक्रो (हाइब्रिड) — १५ रुपैयाँ प्रतिकिलो, रुखकटहर — ४० रुपैयाँ प्रतिकिलो, मेवा (नेपाली) — ८० रुपैयाँ प्रतिकिलो र मेवा (भारतीय) — १०० रुपैयाँ प्रतिकिलो रहेको समितिले जनाएको छ ।

उल्लेखित मूल्य न्यूनतम थोक मूल्य हुन् । खुद्रा बजारमा यसभन्दा बढी मूल्य पर्न सक्छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.