अर्थ

आजको तरकारी तथा फलफूलको मूल्य सूची: के कति छ भाउ?

By अर्जुन भट्टराई •

आजको तरकारी तथा फलफूलको मूल्य सूची: के कति छ भाउ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबारका लागि विभिन्न कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

तरकारीतर्फ हेर्दा, गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ३५ रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ८ रुपैयाँ, आलु रातो (लाम्चो) ४५ रुपैयाँ, आलु रातो (भारतीय) ३० रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ५२ रुपैयाँ तोकिएको छ ।

गाँजर (लोकल) प्रतिकिलो १०० रुपैयाँ, बन्दा (लोकल) २५ रुपैयाँ, काउली स्थानीय ४० रुपैयाँ, मूला रातो ३० रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ४० रुपैयाँ कायम गरिएको छ ।

घिउ सिमी (लोकल) र (हाइब्रिड) दुवै प्रतिकिलो ६० रुपैयाँ, घिउ सिमी (राजमा) १०० रुपैयाँ, तीते करेला ३० रुपैयाँ, लौका ३० रुपैयाँ, परवर (लोकल) ३० रुपैयाँ र घिरौला प्रतिकिलो ४० रुपैयाँ निर्धारण गरिएको छ ।

फर्सी पाकेको प्रतिकिलो ५० रुपैयाँ, फर्सी हरियो (लाम्चो) ८० रुपैयाँ, हरियो फर्सी (डल्लो) ३० रुपैयाँ, भिण्डी ३० रुपैयाँ, सखरखण्ड १०० रुपैयाँ, पिंडालु ९० रुपैयाँ र स्कुस प्रतिकिलो ४० रुपैयाँ तोकिएको छ ।

रायोसाग प्रतिकिलो १०० रुपैयाँ, पालुङ्गो ८० रुपैयाँ र चमसुरको साग ९० रुपैयाँ रहेको छ । च्याउतर्फ, च्याउ (कन्य) प्रतिकिलो २४० रुपैयाँ, च्याउ (डल्ले) ३५० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ र सिताके च्याउ प्रतिकिलो ८०० रुपैयाँ कायम छ । यसैगरी कुरीलो प्रतिकिलो २५० रुपैयाँ र न्युरो ९० रुपैयाँ निर्धारण गरिएको छ ।

फलफूलतर्फ, स्याउ (फूजी) प्रतिकिलो २८० रुपैयाँ, केरा नेपाली २०० रुपैयाँ, केरा (मालभोग) दर्जन १८० रुपैयाँ, कागती प्रतिकिलो १४० रुपैयाँ र अनार प्रतिकिलो ४५० रुपैयाँ तोकिएको छ । आँप (मालदह) प्रतिकिलो १४० रुपैयाँ, आँप (दसहरी) १५० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १८० रुपैयाँ, काँक्रो (लोकल) ७० रुपैयाँ, काँक्रो (हाइब्रिड) २० रुपैयाँ, रुखकटहर प्रतिकिलो ४० रुपैयाँ, मेवा (नेपाली) ८० रुपैयाँ र मेवा (भारतीय) प्रतिकिलो १०० रुपैयाँ निर्धारण गरिएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.