राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला राजनीतिक पार्टी भन्नेहरु जनताबाटै धेरै टाढा भइसकेको बताएका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले ठूला राजनीतिक पार्टी भन्नेहरुबाट देशको सुधार र बिकास सम्भव नभएको समेत बताए । उनले ठूला दलहरु असफल भइसकेको अवस्थामा देशको नयाँ बिकल्प राप्रपा भएको दावी गरे । पछिल्लो समय आम जनतामा राप्रपा प्रति नया आशा र विश्वास बढ्दै गएका उनको भनाई छ । उनको राप्रपाप्रति राखेको भरोषा टुट्न नदिने प्रतिवद्धता जनाएका छन् ।
पार्टी प्रवेशको सार्वजनिक आह्वान गरेको राप्रपाले सोमबार बिभिन्न व्यक्तिहरुलाई पार्टी प्रवेश गराएको हो ।
सम्बन्धित समाचारहरु:
क्यान्टोनमेन्टमा भ्रष्टाचार भएको प्रमाणित भए आफैँ जेल जान तयार छु : प्रधानमन्त्र...
एमाले नेता कँडेलले कर्णालीको मुख्यमन्त्रीमा दाबी पेस गर्दै
राष्ट्रपति भण्डारी द्वारा निर्माण भएको ऐतिहासिक काष्ठमण्डपको उद्घाटन ।
ओहोदाको प्रमाणपत्र प्रस्तुत
स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरकारले थाल्यो आवश्यक तय...
संकटको भूमरीमा नेपाली फुटबल