सरकारले स्थानीय तहको निर्वाचनलाई भयरहित शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आवश्यक तयारी गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचनको तयारीका साथै शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने बिषयमा छलफल भएको हो । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मातहतका सवै निकाय लाग्ने र निर्वाचनलाई बिथोल्न खोज्नेलाई कारवाही गरिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिए । उनले समग्रमा उम्मेद्वारको मनोनयनदेखि मतपरिणाम नआएसम्मका लागि बिशेष सुरक्षा योजनाका साथ अघि बढ्ने बिषयमा छलफल भएको जानकारी दिएका छन् ।
गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको बैठकमा विभिन्न सुरक्षा निकाय, गृह मन्त्रालय, रक्षा मन्त्रालय लगाएतका प्रतिनिधिहरु सहभागी थिए ।
सम्बन्धित समाचारहरु:
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
नारायणगढ–मुग्लिन सडक : नौ किलोमा सडक भासिएपछि एकतर्फी यातायात सञ्चालन
एमाले महाधिवेशन विस्तारित कमिटी :निर्णय गर्ने अधिकारअध्यक्षमा केन्द्रित
तपाईंलाई डिभी पर्याे ? कसरी हेर्ने नतिजा ?
निर्वाचन आयोगको चेतावनीः उपनिर्वाचनमा आचारसंहिता पालना नगरे कडा कारबाही हुन्छ
राष्ट्रपति भण्डारी द्वारा निर्माण भएको ऐतिहासिक काष्ठमण्डपको उद्घाटन ।