राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछि पुनः निर्माण सम्पन्न भएको ऐतिहासिक काष्ठमण्डपको उद्घाटन गरेकी छिन् ।
सोमबार काठमाडौंको काष्ठमण्डप परिसरमा आयोजित बिशेष समारोहकाबीच राष्ट्रपति भण्डारीले काष्ठमण्डपको साँचो प्रदर्शन गरी उद्घाटन गरेकी छिन् ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले असहज स्थितिको सामना गर्दै ऐतिहासिक गौरवपूर्ण विश्व सम्पदा सूचीमा सूचीकृत काष्ठमण्डपको पुनः निर्माण र जीर्णोद्धार कार्य सम्पन्न भएको भन्दै खुसी व्यक्त गर्नुभयो । त्यस्तै उहाले काष्ठमण्डप पुननिर्माणको महत्व अझै बढ्न गएको बताएकी छिन् ।
त्यस्तै उनले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षण गर्न ऐतिहासिक सम्पदाको भूमिका महत्वपूर्ण रहेको भन्दै यसको जगर्ना आवश्यक रहेको धारणा राखिन । नेपाली जनताको त्याग र बलिदानबाट निर्माण भएको संविधानले जनताको अधिकार स्थापीत गर्दै मुलुकको बिकासका लागि तीनै तहको सरकारलाई अधिकारसम्पन्न बनाएको जिकिर गरेकी थिन् ।
समारोहमा राष्ट्रपति भण्डारीले पुनः निर्माण कार्य र सम्पदा संरक्षणमा योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गरेकी थिन् भने ऐतिहासिक काष्ठमण्डपको अवलोकन गरेकी थिन ।