काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी लडाकुलाई राखिएको क्यान्टोन्मेन्टमा भ्रष्टाचार भएको आरोप कपोलकल्पित र पूर्वाग्रही रहेको दाबी गरेका छन् ।

यस विषयमा कसैले उजुरी गरेर छानबिन गरेर जेल जान तयार रहेको उनले घोषणा गरे ।
क्यानोन्टमेन्टमा रहेका लडाकुलाई दिएको रकमको सबैको रेकर्ड भएको दाबी गरे । राज्यबाट दिएको रकम अडिट भएर टुंगो लागेको विषय पटक पटक ल्याइएर राजनीतिकरण गर्न खोजेको आरोप उनले लगाए ।
भ्रष्टाचारका सबै मुद्दा छानबिन गर्न आफूहरू तयार रहेको उनले स्पष्ट पारे । तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले समेत रुजु गरेको थिए ।
सम्बन्धित समाचारहरु:
प्रधानमन्त्री र सभामुख भेटवार्ता
चूनावी तालमेलका बिषयमा विवाद भए केन्द्रले टुङ्ग्याउने
नेपाल खेल क्षेत्रबाट अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको छ : प्रधानमन्त्री
कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ
राष्ट्रपतिद्वारा राजदूतलाई शपथ
पूर्वराष्ट्रपति भण्डारी भन्छिन् : संविधानमार्फत सबै नेपाली बृहत् राष्ट्रिय एकताक...