काठमाडौँ । बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि बागमती नदी महोत्सवको २४ औं संस्करण आयोजना गरिने भएको छ ।
नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लवको आयोजनामा बिभिन्न निजि , सरकारी तथा सामाजिक संघसंस्थाहरुको सहकार्यमा बागमती नदी महोत्सव मनाउन लागिएको हो ।
नेवार समूदायले मनाउने सिथी नखः पर्वको दिन उद्घाटन हुने अभियान अन्तर्गत साढे दुई महिनासम्म हरेक साता नदि सरसफाइ, पर्यावरणीय संरक्षण लगाएतका काम गरिने नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले जानकारी दिए । भाद्रको पहिलो शनिबार सांस्कृतिक तथा सांगीतिक कार्यक्रमका साथै बाग्मती र्याफ्टीङको आयोजना गरि महोत्सवको समापन गरिने उनले बताए ।
नेपाल सरकारले आगामी आर्थिक बर्षकालागि बागमती सफाइ र सम्यता परियोजनाका लागि २ अर्व ७२ करोड बिनियोजन गरेको सम्दर्भमा यस कार्यक्रमको महत्व झन् बढेको आलेले उल्लेख गरे ।
सम्बन्धित समाचारहरु:
म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
होटलको एउटै कोठामा महिला र पुरूष मृत फेला
एउटै दलबाट प्रमुख र उपप्रमुखमा पुरुषको उम्मेदवारी परेका दुवै उम्मेदवारी बदर
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि फेरि गोली प्रहार
अमेरिकी संसद् सदस्यहरुको र नेपाली सांसदबीच दुईपक्षिय सम्बन्धको बिषयमा छलफल
पशुपतिनाथ दर्शनका लागि आएका साधुसन्तलाई बिदाई गरिँदै
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
