समाचार
ललितपुर । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथयात्रा आगामी साउन १७ गते प्रारम्भ हुने भएको छ । हाल मच्छिन्द्रनाथको रथ ललितपुरको स्थानीय थती टोलमा रोकिएको छ । पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको गाःबाहल, मङ्गलबजार, सुन्धारा, लगनखेललगायत विभिन्न ठाउँमा घुमाएर थती टोलमा राखिएको… Read More
३२ जेठ २०८१
अर्थ
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको हेटौँडा सबस्टेसन उद्घाटन गरेका छन् । नेपाल विद्युत् प्राधिकरणले आज हेटौँडामा आयोजना गरेको कार्यक्रममा उनले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभ¥याङमा निर्मित सो सबस्टेसनको उद्घाटन गरेका हुन् । ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो ४०० केभी हेटौँडा सबस्टेसन… Read More
३२ जेठ २०८१
राजनिती
काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भारत भ्रमणबारे सदनलाई जानकारी गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक लेखकले संसदीय अभ्यासमा प्रधानमन्त्रीले कुनै पनि मित्रराष्ट्रको भ्रमणमा जाँदा जानकारी गराउने अभ्यास रहेको बताए । उनले भने, “प्रधानमन्त्री… Read More
३२ जेठ २०८१
राजनिती
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । बैठकमा विनियोजन विधेयक, २०८१ माथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमाथि छलफल हुनेछ । बैठकमा प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद… Read More
३१ जेठ २०८१
समाचार
चितवन । नारायणगढ–मुग्लिन सडकको २५ ठाउँमा पहिरोको जोखिम रहेको यहाँस्थित डिभिजन सडक कार्यालयले जनाएको छ । उक्त कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार ती मध्ये चार स्थान उच्च र सात ठाउँ कम जोखिममा छन् । मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्रमा पहिरोको उच्च जोखिम छ ।… Read More
३१ जेठ २०८१
राजनिती
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले लगानी बोर्ड तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् । बिहीवार प्रतिनिधि सभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा माग लिँदै उनले सो कुरा… Read More
३१ जेठ २०८१
अन्तराष्ट्रिय
एजेन्सी । संयुक्त राष्ट्र सङ्घले युद्ध, हिंसा र उत्पीडनका कारण १२ करोड मानिस जबर्जस्ती विस्थापित भएर बाँचिरहेका जनाएकाे छ । संयुक्त राष्ट्र सङ्घको शरणार्थी निकाय यूएनएचसीआरले विश्वव्यापीरूपमा जबर्जस्ती विस्थापनले फेरि एकपटक रेकर्ड तोडेको र गाजा, सुडान र म्यान्माजस्ता स्थानमा जारी द्वन्द्वका कारण अझ धेरै मानिस आफ्नो घर छोड्न… Read More
३१ जेठ २०८१
खेलकुद
काठमाडौँ । आईसीसी टी-२० विश्वकपमा अमेरिकालाई ७ विकेटले हराउँदै भारत ‘सुपर ८’मा प्रवेश गरेको छ । बुधबार राति न्युयोर्कमा भएको खेलमा अमेरिकाले दिएको एक सय ११ रनको लक्ष्य भारतले १८.४ ओभरमा मात्र तीन विकेटको क्षतिमा भेट्टाएको हो । १११ रनको लक्ष्य पछ्याएको भारतका कप्तान रोहित शर्मा छ बलमा… Read More
३१ जेठ २०८१
अर्थ
काठमाडौँ । आज २०८१ साल जेठ ३० गते बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । बुधबार अमेरिकी डलर, कतारी रियाल र बेलायती पाउण्डको विनिमयदर बढ्दा युरो सामान्य घटेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४१ पैसा… Read More
३० जेठ २०८१
राजनिती
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको जारी एकता महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु भएको छ । पार्टीको भावी नेतृत्व चयनका लागि आज निर्वाचन प्रक्रिया सुरु भएको हो । अधिवेशनको तेस्रो दिन आज बिहानैदेखि नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको प्रवक्ता मनिष सुमनले जानकारी दिएका छन् ।… Read More
३० जेठ २०८१