समाचार

करार कर्मचारीको प्रधानमन्त्री कार्यालय अगाडि धर्ना, आउटसोर्सिङ निर्णय फिर्ता लिन माग

By अर्जुन भट्टराई

करार कर्मचारीको प्रधानमन्त्री कार्यालय अगाडि धर्ना, आउटसोर्सिङ निर्णय फिर्ता लिन माग

सरकारले करार सेवामा कार्यरत कर्मचारीहरूलाई हटाएर आउटसोर्सिङमार्फत नयाँ कर्मचारी भर्ना गर्ने तयारी गरेपछि १८ वटै मन्त्रालयका करार कर्मचारीहरू सडकमा उत्रिएका छन्। उनीहरूले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय अगाडि धर्ना दिइरहेका छन्।

हिजोदेखि आन्दोलनमा उत्रिएका यी कर्मचारीहरूले आफ्नो रोजगारी सुरक्षित गरिदिन र आउटसोर्सिङ प्रणाली लागू गर्ने सरकारको निर्णय तत्काल रोक्न माग गरेका छन्।

(तस्बिरहरू : सक्षम घिमिरे, नेपाल न्यूज बैंक)

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.