पाँच दलीय सत्तागठबन्धनलाई बलियो बनाएर अघि बढ्नुपर्छ – नेता बालकृष्ण खाण

सारांश :

गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले पाँच दलीय सत्तागठबन्धनलाई बलियो बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।

नेपाल तरुण दलले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले गठबन्धनको आधारमा नै वर्तमान सरकार रहेको उल्लेख गर्दै गठबन्धनका उम्मेदवारका पक्षमा लाग्न कार्यकर्तालाई निर्देशन समेत दिनुभयो । उहाले चितवनमा गठबन्धनभित्र देखिएको समस्या समाधान गर्ने भन्दै अन्य स्थानमा देखिएको समस्यामा पनि पार्टी नेतृत्वले समाधान गर्ने दावी गरेका छन् । उहाँले संविधान, लोकतन्त्र र नागरिकको अधिकार रक्षाका लागि गठबन्धन बनेको बताउँदै सोहीअनुसार पार्टी अघि बढेको धारणा व्यक्त गरे । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस अबका सबै निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बन्ने उनले बताएका छन् ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा आरजु राणा देउवाले कांग्रेसलाई वडादेखि केन्द्रमा विजयी गराउन सकेमात्र कांग्रेसका विचार र उद्देश्य कार्यान्वयन गर्न सकिने बताएका छन् । उनले गठबन्धनका उम्मेदवारलाई साझा मानेर आबद्ध सबै दलले मतदान गर्नुपर्नेमा जोड दिएका छन् ।

त्यस्तै काठमाडौँ महानगरपालिकामा गठबन्धनतर्फको उम्मेद्वार कांग्रेस नेत्री सिर्जना सिंहले युवा स्वरोजगार, युवालाई आर्थिकरूपमा आत्मनिर्भरता, महानगरको सरसफाइ, खानेपानी, नदी र सार्वजनिक जग्गा संरक्षण, संस्कृति संरक्षणलगायत आफ्ना योजनालाई कार्यान्वयन गर्ने दावी गरेका छन् ।

उनले कांग्रेसको विचार र पार्टीको घोषणापत्रमा उल्लेख भएका विषय कार्यान्वयनका लागि कांग्रेसलाई विजयी बनाउन सबै लाग्नुपर्ने बताएका छन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!