ललितपुर महानगरपालीकाको प्रमुख र उपप्रमुखमा राप्रपाले उम्मेद्वारी दर्ता गरायो

सारांश :

स्थानीय तहको निर्वाचनका लागि ललितपुर महानगरपालीकाको प्रमुख र उपप्रमुखमा राप्रपाले उम्मेद्वारी दर्ता गराएको छ भने वडा नम्बर १० को अध्यक्षमा ८१ वर्षीय नरसिंह व्यञ्जनकारले उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार निर्वाचन अधिकृतको कार्यालय जावलाखेल पुगेर स्वतन्त्र रुपमा नरसिंह व्यञ्जनकारले वडा नम्बर १० को अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । उनि यसअघि पनि सोहि वडाको वडाध्यक्ष थिए । उनले २०२९ सालदेखि वडा अध्यक्षमा लगातार स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दिँदै आएका छन् । सो वडामा राप्रपाले पनि व्यञ्जनकारलाई नै सहयोग गर्ने जनाएको छ । त्यस्तै आइतबार नै ललितपुर महानगरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ललितपुरको प्रमुख र उपप्रमुखमा उम्मेदवारी दर्ता गरेको छ । महानगरको प्रमुखमा अष्टबहादुर महर्जन र उपप्रमुखमा स्वर्णिमा शाक्यले उम्मेदवारी दर्ता गराएका हुन् । मनोनयन दर्ता सोमबारसम्म चल्ने छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

>
Share This

Share This

Share this post with your friends!