काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा जाने निर्णय गर्दै मन्त्रीको नाम टुङ्गो लगाएको छ ।
आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने सहभागी हुने निर्णय गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार बैठकले उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा अध्यक्ष उपेन्द्र यादवलाई पठाउने निर्णय गरेको छ । यसैगरी वन तथा वातावरणमन्त्री र स्वास्थ्य राज्यमन्त्री टुङ्गो लगाउने जिम्मा बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिएको बस्नेतले बताए ।
सम्बन्धित समाचारहरु:
राष्ट्रपति रामचन्द्र पौडेलको स्वीट्जरल्याण्ड भ्रमण स्वीकृत
९ महिनापछि बस्दै, एमाले केन्द्रीय कमिटी बैठक
आर्थिक वर्ष २०८१/८२ को बजेट यस्तो छ, हेर्नुहोस् (पूर्णपाठसहित)
एकीकृत समाजवादीद्वारा सरकार र पार्टीबीच समन्वय गर्न पाँच सदस्यीय संयन्त्र समिति ...
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम
त्रिविको सम्पत्ति संरक्षण गर्नुपर्नेमा सांसदको जोड