राष्ट्रियसभा उपाध्यक्षमा कांग्रेसका उम्मेदवार पुडासैनी

सारांश :

काठमाडौं । नेपाली कांग्रेसले बुधबार हुने राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

कांग्रेस संसदीय दल कार्यसमितिको आज बसेको बैठकले राष्ट्रियसभाको उपाध्यक्षमा पुडासैनीलाई उम्मेदवार  बनाउने निर्णय गरेको हो।

आज बस्ने प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीका सम्बन्धबारे संसदीय दलको बैठकमा छलफल भएको थियो । राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको  समय तोकिएको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!