काठमाडौँ । स्थानीय बजारमा बिहीबार सुनको मूल्य ह्वात्तै बढेको छ । बुधबार एकैदिन सुनको मूल्य तोलामा २ हजार ७ सय घटेकोमा आज भने २ हजारले बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ३६ हजार पाँच सय रुपैंयाँमा कारोबार भइरहेको छ । गत मङ्गलबार सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रुपैंयाँमा कारोबार भएको थियो ।
यसअघि वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला एक लाख ३९ हजार तीन सय रुपैंयाँ पुगेको थियो ।
चाँदीको मूल्य भने आज १५ रुपैंयाँले बढेको छ । अघिल्लो दिन तोलाको एक हजार ६ सय ३० रहेकाे चाँदी आज एक हजार ६ सय ४५ रुपैंयाँ कायम भएको महासंघले जनाएको छ ।
समाचार पढेर कस्तो लाग्यो?
+1
+1
+1
+1