काठमाडौँ । कवि तथा गीतकार सृजना अर्यालको नयाँ गीत ‘मनको मान्छे’ बजारमा सार्वजनिक भएको छ । नारायण प्रसाद दङ्गालको सङ्गीत तथा सृजना अर्यालको शब्द रचना रहेको उक्त गीतमा बहुचर्चित गायिका रचना रिमाल तथा लोकप्रिय गायक अलिफ खानको स्वर सजिएको छ ।
गीतको भिडियोमा जानकी कुँवर, श्रीजल अधिकारी र सृजना अर्यालको अभिनय रहेको छ भने गीतको म्यूजिक भिडियोलाई सृजना अर्यालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
म्युजिक प्लस स्टुडियोबाट गीतको अडियो र प्रिन्सेस फिल्मसले भिडियो तयार गरेको हो । साहित्यकार अर्यालको यसअघि पनि ‘आशाको दियो’ र ‘गुलाबी मन’ नामका गीत तथा गजल बजारमा आइसकेका छन् भने केही आउने क्रममा छन् ।
गीतको पुरा भिडियो हेर्न यहाँ लिकं क्लिक गर्नुहोस् ।