एसियाली राजमार्ग निर्माणः पहिलो चरणको काम सुरू

सुन्दरहरैँचा । एसिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘एसियाली राजमार्ग’ निर्माणको पहिलो चरणको काम सुरू भएको छ ।

पहिलो चरणको कार्यअन्तर्गत झापाको कमल गाउँपालिकाको सीतापुरीदेखि इटहरीको देवी खोलासम्मको पश्चिम खण्डमा रूख कटान सुरू भएको हो । त्यसमध्ये पश्चिम खण्डको सडक निर्माणको जिम्मा काठमाडौँको जैन सिआर, एफ जि टुडी कम्पनीले पाएको छ ।

एसियाली विकास बैंकको सहयोगमा एसियन हाइवेसँग जोडिएको पूर्वी नेपालको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म एक सय २० किलोमिटर सडक चार लेनको काम अघि बढेको जैन सिआर, एफ जि टुडी कम्पनीका प्रतिनिधि हरिप्रसाद पराजुलीले जानकारी दिए ।

पश्चिम खण्डका क्षेत्रमा करिब छ हजार सात सय ३७ रूख कटान हुने तथा तीन वर्षभित्रमा सडक निर्माण गर्ने गरी सम्झौता भएको कम्पनीका प्रतिनिधि पराजुलीले जानकारी दिए ।

एसियाली विकास बैंकको रु २८ अर्ब १७ करोडको लागतमा झापा, मोरङ र सुनसरीसँग जोडिएको पूर्व–पश्चिम राजमार्गको एक सय २० किमी क्षेत्र चार लेनको बन्ने भएको छ । जम्मा ७१ नयाँ पुलसहित राजमार्ग विस्तार हुने कम्पनीका प्रतिनिधि पराजुलीले बताए ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>