काठमाडौँ । आज २०८१ साल जेठ ३ गते बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ३१ पैसा र बिक्री दर १४४ रुपैयाँ ९६ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०९ पैसा र बिक्री दर १६८ रुपैयाँ ८५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

समाचार पढेर कस्तो लाग्यो?
+1
+1
+1
+1