काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बाँचेका क्याप्टेन मनिष शाक्यको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।
काठमाडौं मेडिकल कलेजका निर्देशक प्राडा.मीना थापाले क्याप्टेन शाक्यको स्वास्थ्यमा निकै सुधार भएकाले डिष्चार्ज गर्ने तयारी भएको जानकारी दिएकी छिन् । उनले तत्कालै काममा फर्किन सक्ने अवस्था नरहेपछि स्वास्थ्य अवस्था सुधार भएकाले घरमै आराम गरेर उपचार जारी रहने बताइन् । शाक्यको ढाडमा देखिएको समस्या अप्रशेन गर्नुनपर्ने देखिएको नले बताइन् । उपचारका क्रममा क्याप्टेन शाक्यले जहाज माथि पुगेपछि नियन्त्रणमा लिन नसकेको मात्रै बताएको डा थापाले उल्लेख गरिन् ।
त्यस्तै क्याप्टेन शाक्यको स्वास्थ्य अवस्थाको जानकारी लिदै कांग्रेस उपसभापति पूर्ण बहादुर खड्काले चिकित्सकको मेहनतका कारण शाक्यको अवस्था सुधार हुदै गएको भन्दै चिकित्सकलाई धन्यवाद दिए ।
त्यस्तै अस्पतालका प्रमुख सुनील शर्माले समयमा नै उपचार सुरु गरेका कारण क्याप्टेन शाक्यले छिटै स्वास्थ्यलाभ गरेको बताए ।
सम्बन्धित समाचारहरु:
प्रधानमन्त्री ओलीले भने : देशको अवस्थालाई उज्यालोतर्फ लैजानु अहिलेको आवश्यकता हो
प्रहरीद्वारा १३ जना मिटरब्याज पीडित नियन्त्रणमा
बागमती नदीमा रोकिएको रित्तो ग्यास बुलेट
सगरमाथा क्षेत्र भ्रमणको क्रममा कोरियाली नागरिकको लडेर ज्यान गयो
बालकृष्ण खाँणद्वारा महानिरीक्षक र सशस्त्र प्रहरी बलका महानिरीक्षकलाई विदाई
संविधानको मर्मअनुरुप काम गर्नुपर्नेमा कोशी प्रदेशका मुख्यमन्त्रीकाे जाेड
Author
-
View all postsविगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
