काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुम्वासीहरुलाई उचित व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा भूमि अधिकार तथा श्रमिक संगठन नेपालले आयोजना गरेको व्यापार महोत्सव उद्घाटन गर्दै ओलीले सुकुम्वासीहरुलाई जवरजस्ती उठिवास लगाउने भन्दै पनि सवै तहका सरकार मिलेर उनीहरुको उचित व्यवस्थापन गर्नुपर्ने बताएका हुन् ।
उनले सुकुम्वासीको टहर भत्काउने नभई आवास बनाउने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । एमाले सरकारमा रहदा सुकुम्वासीसम्बन्धी समस्या समाधान गर्न आयोग बनाएर समस्या समाधान गर्ने विन्दुमा पुग्दा सरकार ढालेको भन्दै उनले अहिले सरकारमा आएर समस्या समाधान गर्न खोज्दा कर्मचारीतन्त्र र न्यायापालीका बाधक बन्न खोजेको जिकिर गरे ।
ओलीले अहिले जनताको काम गर्न एमाले सरकारमा गएकाले जनताको समस्या समाधानका ध्यान केन्द्रीत गर्ने जिकिर गरे ।
सम्बन्धित समाचारहरु:
ललितपुर महानगरपालीकाको प्रमुख र उपप्रमुखमा राप्रपाले उम्मेद्वारी दर्ता गरायो
लगानीकर्तालाई प्रधानमन्त्रीको आह्वान- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ
आज राति १२ बजेदेखि मौन अवधि शुरु हुँदै
‘वर्तमान गठबन्धन सरकारको प्रमुख कार्यभार संविधान संशोधन हाे’ : नेता काेइराला
संविधानको मर्मअनुरुप काम गर्नुपर्नेमा कोशी प्रदेशका मुख्यमन्त्रीकाे जाेड
नेकपा एमालेले भन्यो -महाप्रसाद अधिकारी हटाउने सरकारको निर्णय गलत
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
